रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

बुटवलले विकासको क्षेत्रमा असाधारण फड्को मार्दैछ – नेता पौडेल

बुटवल । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पूर्वाधार तथा विकासको क्षेत्रमा बुटवलले असाधारण फड्दो मार्ने दाबी गरेका छन् । यहाँ सुरु गरिएका ठूला बिकासका आयोजनाहरु सम्पन्न भएपछि यहाँको बिकास मुलुककैं लागि नमूना देखिने उनको दाबी छ । बुटवल–११ प्रगतिनगरमा बुधबार मतदाताहरुसँग अन्तरक्रिया गर्दै पौडेलले यहाँ सुरु गरिएका ठूला पूर्वाधार निर्माणका कामलाई कसैले पनि राजनीतिक रङ्ग नदिएर सम्पन्न गर्दा यहाँका बासिन्दाको जीवनस्तरमा उल्लेख्य सुधार हुने दाबी गरे ।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहनु भएका पौडेलले तिनाउ–दानव करिडोर निर्माण भएपछि बुटवल नमूना शहरको रुपमा बिकास हुने दाबी गरे । कोरिडोर निर्माणको नाममा यहाँका कुनै पनि बासिन्दालाई बिचल्लित नपारिने उनले स्पष्ट पारे । नदी नियन्त्रण गरी व्यवस्थि शहर निर्माण गर्ने उद्देश्यले कोरिडोर निर्माणको काम अघि बढाइएको बताउँदे उनले कोरिडोर क्षेत्रमा पर्ने घर–परिवारलाई समेत व्यवस्थित र सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताए ।

कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्री लिला गिरीले एमाले सरकारमा सुरु गरिएका पूर्वाधार निर्माण र विकासका कामलाई पूर्णता दिनका लागि मंसिर ४ मा जनताले सुर्यमा मतदान गर्न आग्रह गरे । जनताको समस्या बुझ्न र बिकासका लागि नेकपा एमालेको नेतृत्व अनिवार्य रहेको बताउँदे उहाँले आगमी मंसिर ४ मा जनताले एमालेकै पक्षमा फैसला गर्ने दाबी गरे । यसैगरी बुटवलमा निर्माण हुँदे गरेको महत्वकांक्षी योजना तिनाउ–दानव कोरिडोरले यहाँको जीवनस्तरमा उल्लेख्य परिवर्तन ल्याउने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित