थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो                
समाचार :

रुपन्देहीमा तीनजनाको मृत्यु हुने गरी कारले ठक्कर दिएर फरार रहेका चालक पक्राउ

छठ पुजाका लागि जाँदै गरेका पाँच जनालाई ठक्कर दिएर फरार रहेका कार चालकलाई रुपन्देही प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । सोमबार बिहान करिब ५ बजे जिल्लाको ओमसतिया गाउँपालिका वडा नम्बर ४ मा कारको ठक्करबाट ३ जनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए ।

आफूले चलाएको कारले ठक्कर दिएपछि फरार रहेका रुपन्देहीकै रोहिणी गाउँपालिका–३ धकधईका २३ वर्षीया अजयकुमार चौधरी र घटनामा प्रयोग भएको कारलाई प्रहरीले मंगलबार बिहान भैरहवाबाट पक्राउ गरेको हो । चौधरीविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रुपन्देही प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीका अनुसार तीव्र गतिका कारण उक्त कारले स्थानीयलाई ठक्कर दिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । ‘हाम्रो अनुसन्धानले अहिलेसम्म यही कुरा देखाएको छ, चालकले मदिरा सेवन गरेको पाइएन’, उनले भने, ‘बाँकी कुरा थप अनुसन्धान पछि खुल्ला ।’

चौधरीले चलाएको बा ८ च ६५३२ नम्बरको कारले ठक्कर दिँदा दुई महिनाका बालक श्रीराम कुर्मीसहित २८ वर्षीया प्रमिला कुर्मी र १४ वर्षीय सीमा कुर्मी गरी एकै परिवारका ३ जनाको मृत्यु भएको थियो । घटनामा परी २४ वर्षीया बन्दना कुर्मी र २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् । उनीहरुको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरीले दुर्घटनामा कारको अगाडिको बम्परको भागको टुक्रा, वाइपरको भाँचिएको टुक्रा र लुकिङ ग्लासको टुक्रा लगायत स्थानीयको सहयोग र सुक्ष्म अनुसन्धानबाट घटनामा संलग्नलाई चाँडै नै पक्राउ गर्न सफल भएको बताएको छ । उनीविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइने प्रहरी भनाई छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित