दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

समुन्नत समाज निर्माणको मुख्य जिम्मेवारी महिलाको काँधमा छ : श्रेष्ठ

बुटवल। लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा रूपन्देही २(२) का प्रदेश सभा उम्मेदवार भोजप्रसाद श्रेष्ठले समुन्नत समाज निर्माणको मुख्य जिम्मेवारी महिलाको काँधमा रहेको बताउँदै आत्मनिर्भर भएर अगाडि बढ्न शिक्षा, स्वास्थ्य र रोजगारीमा नेकपा एमालेले विशेष महत्त्व दिएको बताए ।
“महिला हिंसा अन्त्य गर्न, राज्यका हरेक निकायमा सम्मानजनक उपस्थितिको बढाउन, पीडित महिलालाई पुनस्थापना तथा व्यवस्थापन गर्न हामी सधैं प्रतिबद्ध छौँ, एमाले प्रतिबद्ध छ ।”- श्रेष्ठले भने ।
मंगलबार अखिल नेपाल महिला संघ बुटवल २ को भेलालाई सम्बोधन गर्दै श्रेष्ठले जनताको पक्षमा ओकालत गर्न, सुकुम्बासी समस्या समाधान गर्न, नि:शुल्क गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य सेवा, रोजगारी बृद्धि, स्थानीय तह संग समन्वय गरेर समाजमा रहेका हरेक समस्याको समाधान गर्न आफू सधैं तयार रहेको बताए।

नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा निवर्तमान बुटवल उपमहानगरपालिका उपप्रमुख गोमा आचार्यले आफ्नो कार्यकालमा महिलाको व्यक्तित्व, नेतृत्व विकास साथै महिला हक अधिकारको पक्षमा धेरै काम गरेको स्मरण गर्दै आगामी दिनमा पनि नेकपा एमालेको नेतृत्वमा थप कार्यक्रम लिएर अगाडि बढ्न आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाबमा सूर्य चिन्हमा मतदान गर्न अपिल गरिन् ।

भेलालाई सम्बोधन गर्दै प्रतिनिधि सभा समानुपातिक तर्फका उमेदवार एजाज आलम, प्रदेश सभा समानुपातिक उमेदवार ज्ञानु के सि, अनेम संघ शाखा कमिटी अध्यक्ष तिलका काफ्ले, लिला गुरुङ लगायतले एमालेलाई जिताउने गरि लाग्न आग्रह गरेका थिए ।

भेलाले खगिसरा गुरुङको नेतृत्वमा १५१ सदस्यीय चुनाव केन्द्रित महिला परिचालन कमिटी गठन गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित