दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

चिच्याएर वर माग्ने सत्यवती मेलाको तयारी

बुटवल । ‘चिच्याएर वर माग्ने मेलॉ भनेर चिनिने पाल्पाको सत्यवती मेलाको तयारी पूरा भएको छ ।

हरेक वर्षको कार्तिक पूर्णिमाका दिन लाग्ने धार्मिक मेला यस वर्ष कार्तिक १८ देखि २२सम्म लाग्दै छ ।

तिनाउ गाउँपालिका–४ मा रहेको सत्यवती ताल र सत्यवती मन्दिरमा लाग्ने उक्त मेलाको तयारी बारे समितिले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । समितिले आइतबार पहिलो पटक मन्दिर तथा ताल परिषरमै पत्रकार सम्मेलन गरी कार्तिक १८ देखि २२ गतेसम्म ४ दिन लाग्ने मेला र तयारी बारे जानकारी गराएको हो ।

सत्यवती देवीले कानले नसुन्ने भएकाले वर माग्दा चिच्याएर एउटा मात्र माग्नुपर्ने जनविश्वास छ । रातिको समयमा मन्दिरमा पूजा गर्नुअघि ताल परिक्रमा गर्दा चिच्याउँदै वर माग्ने चलन रहेको स्थानीयबासीको भनाई छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित