कांग्रेस महामन्त्री शर्माको चेतावनी : देश बनेको छैन भन्नेहरू होसियार! सिटी क्याम्पसले चुम्यो भलिवलको उपाधि गुटले कांग्रेस चल्न सकेन, नेतृत्वमा डाक्टरको खाँचो छ : चन्द्र भण्डारी बुटवलबाट देउवाले भने–‘कम बोल्ने काम बढी गर्नेछु, हैरौं के हुन्छ’ सिद्धार्थ प्रतिभा हाइस्कुलको बसले ठक्कर दिदाँ रुपन्देहीमा २ जनाको मृत्यु अक्सफोर्ड मा.वि बुटवलले उत्कृष्ट विद्यार्थीलाई नगद सहित सम्मान गर्दै प्रकाशन गर्याे परीक्षाफल संकल्प यात्रामा पार्टी पंक्ति परिचालन गर्ने एमाले रूपन्देहीको निर्णय मृतकका परिबारलाई ७ लाख दिने सहमती भएसंगै चार दिन पछि उठ्यो भावनाको शव कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवल धागो कारखाना रेखदेखको जिम्मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई                
समाचार :

अन्तर्राष्ट्रिय चार्टर्ड उडान अब गौतमबुद्ध विमानस्थलबाट गर्नुपर्ने

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले अन्तर्राष्ट्रिय चार्टर्ड उडान अब भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्नुपर्ने निर्णय गरेको छ। अहिलेसम्म यस्ता उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको थियो।

गत जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरूपमा प्रयोगमा ल्याउन प्राधिकरणले यस्तो निर्णय गरेको क्यानका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए।

उनका अनुसार कूटनीतिक चार्टर्ड उडान, कार्गो उडान र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुने छन्।

प्राधिकरणले यही कात्तिक १३ गतेदेखि लागू गरेको हिउँदे उडान तालिकाअनुसार चार्टर्ड उडानसँगै काठमाडौंबाट हुँदै आएका हरेक तीन उडानमा एक उडान समेत भैरहवाबाटै हुने भएको छ। विदेशबाट आउने चार्टर्ड उडानलाई भने यसअघि नै भैरहवा अवतरण गराउन थालिसकिएको छ।

प्राधिकरणले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्ससहित तीन विदेशी हवाई कम्पनीलाई हिउँदे उडान तालिकाअनुसार गौतमबुद्ध विमानस्थलमा दैनिक एक उडान गर्न निर्देशन दिएको छ।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, एयर अरेबिया, कतार एयरवेज, फ्लाई दुबईले दैनिक तीनभन्दा बढी उडान गरिरहेका छन् भने भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले मात्र हप्ताको तीन उडान गरिरहेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार