इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो ऋणमा गौतमबुद्ध विमानस्थल                
समाचार :

राजु गुरुङको आक्रोश- सर्वोच्च अदालत र निर्वाचन आयोग अमुक दलको कार्यालय बने (भिडियो)

रुपन्देही । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव राजु गुरुङले सर्वोच्च अदालत र निर्वाचन आयोग अमुक पार्टीको कार्यालयजस्तो भएर आफ्नो विरुद्धमा फैसला आएको आरोप लगाएका छन् ।

सर्वोच्चको फैसलामाथि प्रश्न उठाउँदै गुरुङले निर्वाचन आयोग र सर्वोच्च अदालत एउटा पार्टीको कार्यालय जस्तो भएर आफू विरुद्ध फैसला गरेको आरोप लगाएका हुन् ।

गुरुङले रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यका लागि दिएको उम्मेदवारी दिए पनि बैङ्किङ कालोसूचीमा रहेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारे गरेको थियो ।

आयोगको निर्णय विरुद्ध सर्वोच्च पुगेका गुरुङको उम्मेदवारी खारेज हुने निर्णयलाई सर्वोच्चले सदर गरेको थियो ।

राष्ट्रिय जनमुक्ति पार्टी र सत्तारुढ गठबन्धन दलद्वारा शनिवार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गुरुङ अदालतको फैसलामाथि खनिएका हुन् ।

रुपन्देही २ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका विष्णु पौडेल एकल रूपमा अघि बढ्नका लागि आफू विरुद्ध अप्रत्याशित रूपमा उजुरी परेको उनले आरोप लगाए ।

आफू जस्तै मुलुकभर १५२ ना उम्मेदवारको कम्पनी कालोसूचीमा भए पनि उनीहरू उम्मेदवारी खारेज नभई आफ्नो मात्र खारेज भएको भन्दै गुरुङले आक्रोश पोखे ।

गुरुङको उम्मेदवारी खारेज भएपछि रुपन्देही २ बाट गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ ।

शनिवार गठबन्धन दल र जनमुक्तिको तर्फबाट सामूहिक पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार