जि २५ क्लबले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम गर्ने बुटवलमा पुस १४देखि नवौँ जिल्लास्तरीय स्नुकर सम्बन्ध सहकारीको छैठौं साधारणसभा रुपन्देहीको फर्साटिकरमा मंसिर २४ देखि व्यापार महोत्सव तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको निर्माण प्रक्रिया सुरू लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव                
समाचार :

छठको चहलपहल सुरु

भैरहवा । हिन्दुहरुको दोस्रो महान पर्व तिहार भाइटिकासँगै सकिएको छ । तिहारको समापन सँगै रुपन्देहीको भैरहवा आसपास छठपर्वको तयारी सुरु भएको छ । सुर्यको उपासना गरी मनाइने छठ पर्व भैरहवा तथा आसपासका वासिन्दाले २ ठाँउमा विधिवत रुपमा मनाउदै आएका छन । ५० बर्ष पहिलै देखि नेपाली सेनाको काली भक्ती गणमा अवस्थित छठमाई पोखरीमा र भैरहवा उद्योगपुरी हनुमानमन्दिरमा स्थित पोखरीमा समेत केही वर्ष देखि छठको पूजा गरिदै आएको छ ।

कार्तिक शुक्ल पक्षको चौथी तिथि आजको दिनबाट छठपर्व विधिवतरूपमा सुरु हुन्छ । पूजाका लागि छठ स्थलमा सरसफाई तथा सजावटका काम भइरहेका छन, वेदी बनाउने र ठाँउ सुरक्षित गर्न परिवारले पहिलै नै व्यवस्थापन गरिरहेका छन । छठघाटको व्यवस्थापन र सजावटको काम तिब्र गतिमा भइरहेको छ । विगतका बर्षको भन्दा पनि यस बर्ष अझ आकर्षक रुपमा छठघाटलाई सजाउने काम भइरहेको छ । छठघाटको सरसफाइ , सजावट र व्यवस्थापनमा समिति लागेको छ , काम तिब्र गतिमा भइरहेको छ ।

समितिले छठ पूजाका दिन छठघाटमा ब्रतालु ,दर्शनार्थी र भक्तजनहरुको सहजता र सुरक्षाका बारेमा छलफल समेत गरेको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्रीको जोहोका लागि किनमेलमा व्यस्त देखिएका छन् । तराई–मधेसका प्रमुख बजारसाथ साथै सिमापरि पनि छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको चहलपहल बढेको छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो तरकारी, सिङ्गडा, मुला, अदुवाको बोट त्यस्तै माटाका भाडो तथा बाँसका सामग्री खरिद समेत गरिन्छ । यि सामान किन्न भैरहवाको मुख्यबजार साथै भारतमा समेत किनमेलका लागि पुग्ने गरेका छन । मूलतः तराईवासी र मैथिल समाजले मनाउने विशेष चाडको रुपमा रहेको यो पर्व भैरहवा क्षेत्रका वासिन्दाले पनि मनाउने क्रम बढ्दो छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित