दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

रोल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

रोल्सुपाको निलस्मृति गाउँपालिका वडा नंं. ४ सुलिचौर, सेवा केन्द्र जनिकै जिप दुर्घटना भएको छ । दुर्घटनामा परि ३ जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । सुनिलस्मृति गाउँपालिकाका सुलिचौरबाट गजुलका लागि छुटेको जिप दुर्घटना भएको हो ।

रोकेर सामान राख्ने क्रममा गाडी ब्याक हुदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुलिचौरले प्रारम्भिक जानकारी दिएको छ । गाडिमा १५ जान सवार रहेको सुलिचौर प्रहरीले जनाएको छ ।।

लु १ ज ३२४३ नम्वरको जिप पल्टिडा १२ जना घाइते भएका छन । ७ जनाको अवस्था गम्भिर रहेको छ । उनिहरुलाई प्राथमिक उपचार पछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रेफर गरिएको इलाका प्रहरी कार्यालय सुलिचौरका इन्चार्ज ओमप्रकाश वाग्लेले जानकारी दिनु भएको छ । गाडि सडकबाट करिव सय मिटर तल खसेको छ ।

मृत्यु हुने मा घोराही उपपहानगरपालिका वस्ने वर्ष ५८ का विष्णुप्रसाद रिजाल, साही ठाउँ निवासी वर्ष ६०का नारायण प्रसाद रिजाल र दाङ कै वर्ष ५० कि फाम्सि के.सी. रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

घाइते हुनेहरुमा रोल्पा सुनिलस्मृति गा.पा.–२ खुङ्ग्री वस्ने वर्ष ५४ कि चन्द्रचमन सिंह टाउको, शरिरको बिभिन्न भागमा चोट, सोही ठाउँकी वर्ष ३८ कि दिपा ठकुरी हात,खुट्टा र टाउकोमा चोट, वर्ष १४ कि नितु सिंह,हात,खुट्टामा चोट, वर्ष ३१ कि निलम सिंह,शरिरको बिभिन्न भागमा चोट, वर्ष १० कि आस्था थापा, टाउको, शरिरको बिभिन्न भागमा चोट, वर्ष ७ कि स्वस्तिका थापा,टाउको,शरिरको बिभिन्न भागमा चोट लागेको छ ।

मध्यम घाइतेहरुमा सुनिलस्मृति गाउँपालिका ३ मिझिङ वस्ने वर्ष २४ कि मेनुका विष्ट,हात,टाउकोमा चोट, वर्ष ४२ कि कुशुमा विष्ट,हात,खुट्टा,सरिरको विभिन्न भागमा चोट, जिल्ला दाङ तुलसिपुर उपमहानगरपालिका १५ डुडुवा वस्ने वर्ष ४०कि ईश्वरी थापा,हात,टाउकोमा चोट,सोही ठाउँ वस्ने वर्ष ४५ कि भगवति रिजाल, हात,खुट्टा,टाउकोमा चोट, घो.उ.म.न.पा.–६ वस्ने वर्ष ५० कि निर्मला शर्मा,शरिरको बिभिन्न भागमा चोट लागेको छ । जिल्ला रोल्पा सुनिलस्मृति गा.पा.–३ मिझिङ वस्ने वर्ष ४८ को जित वहादुर विष्ट (चालक) सामान्य घाइते रहेका छन ।

गम्भिर घाइतेहरु चन्द्रचमन सिंह, निर्मला शर्मा, निलम सिंह, नितु सिंह, आस्था थापा, स्वस्तिका थापा र भगवति रिजाल लाई सामान्य उपचार पश्चात थप उपचारको लागी मेडिकल कलेज कोहलपुर रेफर गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित