नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन लुम्बिनीका मुख्यमन्त्री आचार्यको बुटवलमा शपथ, दाङमा पदभार पर्यटकिय हव बन्दै बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारी बुटवल–पाल्पा सडक आजदेखि रातिमा बन्द, एम्बुलेन्स चलाउन पनि अनुमति लिनुपर्ने एमालेले टुङ्ग्यायो लुम्बिनी प्रदेशका मन्त्रीको नाम                
समाचार :

रुपन्देही – २: विष्णु पौडेललाई ‘वाकओभर’

बुटवल । अन्ततः सत्ता गठबन्धन दलले रुपन्देही क्षेत्र नंं २ मा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेवारलाई समर्थन गर्ने भएको छ । गठबन्धनमा आवद्ध चार दलका शीर्ष नेताहरुले बुधबार वक्तव्य निकालेर थापालाई समर्थन गर्ने घोषणा गरे संगै अब रुपन्देही क्षेत्र नं. २ मा एमाले उपाध्यक्ष विष्णु पौडेलको प्रतिस्पर्धीका रुपमा जनमुक्तिका केशव बहादुर थापा हुनेछन् ।

सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी सर्वोच्च अदालतले खारेज गरिदिएपछि गठबन्धनले विकल्पको रुपमा थापा लाई समर्थन गर्ने घोषणा गरेको हो ।
एमालेको ‘किल्ला’ मानिएको रुपन्देही क्षेत्र नं. २ मा जनमुक्ति पार्टी नगन्य जस्तै छ । प्रदेशका अन्य जिल्लाहरुमा समेत सघाउने गरी जनमुक्तिका थापालाई समर्थन गरेपनि यहाँबाट पौडेललाई हराउँन चुनौती मात्र छैन, असम्भव प्राय छ ।

अहिले त गठबन्धनको समर्थन जनमुक्तिलाई भएसंगै कतिपयले पौडेलले यो निर्वाचनमा ‘वाक ओभर’ पाएको विश्लेषण समेत गर्न थालेका छन् ।
‘कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेकाले’ गुरुङ उम्मेदवार बन्न अयोग्य हुने निर्णय भएपछि पौडेल संग चुनावी प्रतिस्पर्धामा उत्रिएका थापा त्यति परिचित नाम भने होईन । देशभर पार्टी सञ्जाल भएको बताइएपनि यसको प्रभाव नगन्य छ ।

रुपन्देहीको तिलोत्तमामा अन्य १५ पालिकामा भन्दा केही राम्रो छ । तिलोत्तमाको जम्मा १–५ वटा वडा मात्र यो निर्वाचन क्षेत्रमा पर्दछन् ।
यो क्षेत्रमा १८ जनाले प्रतिनिधि सभामा उम्मेदवारी दिएकामा गुरुङसहित तीन जनाको खारेजी भएको थियो।

त्यसपछि आयोगले १५ जनाको अन्तिम नामावली प्रकाशन गरेको थियो। यी १५ मध्ये गठबन्धनले जनमुक्तिलाई समर्थन गरेको हो ।

राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टोप अस्लामीले गठबन्धनले आफ्नो उम्मेदवार थापालाई सहयोग गरेको पुष्टि गर्दै गठबन्धनलाई कहाँ सहयोग गर्ने बारे अहिले पनि छलफल भइरहेको बताए ।

गठबन्धनले थापालाई समर्थन गरे संगै जनमुक्ति पार्टीले रुपन्देही क्षेत्र नं. २ बाट प्रदेश सभा उठाएका दुवै जना उम्मेदवारलाई निष्कृय बनाउने समझदारी भएको छ । यसो हुँदा प्रदेश सभा तर्फ गठबन्धनका उम्मेदवारलाई जनमुक्तिले सहयोग गर्नेछ ।
तेस्रो ठूलो शक्ति हो जनमुक्ति पार्टी
बुटवल उपमहानगरको १ देखि १३, सैनामैनाको १ देखि ४ र तिलोत्तमाको १ देखि ६ नम्बर गरी २३ वटा वडा पर्ने रुपन्देही क्षेत्र नं। २ मा कुल एक लाख २८ हजार ६७७ मतदाता छन ।
स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा रूपन्देही क्षेत्र नं. २ मा कांग्रेसको ३४ हजार ९५९, एमालेको ३३ हजार १८७, राप्रपा तीन हजार ९२०, माओवादी तीन हजार १८८, एकीकृत समाजवादी एक हजार ३८२, जसपा १८३ मत छ । गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी भएका कारण गठबन्धनपछिको तेस्रोमा यहाँ जनमुक्ति पार्टी छ । दोस्रोमा एमाले छ ।

२०७४ सालको निर्वाचनमा पनि जनमुक्ति पार्टी तेस्रो स्थानमा थियो। जनमुक्ति पार्टीका रूपबहादुर पुनले तीन हजार ५६८ मत पाएका थिए । गत वैशाखमा भएको निर्वाचनमा खासगरी बुटवलमा जनमुक्तिले कांग्रेसका खेलराज पाण्डेयलाई सहयोग गरेका कारणले पनि गठबन्धनले थापालाई समर्थन गर्ने बलियो आधार देखिएको छ ।
राजनीतिक विश्लेषक ऋषि आजाद रुपन्देही क्षेत्र नं. २ मा अब पौडेलको विकल्प नभएको बताए ।
पौडेललाई ‘वाक ओभर’
अब रुपन्देही क्षेत्र नं.२ मा पौडेललाई संघीय संसद् छिर्ने बाटो सहज बन्दै गइरहेको छ । गठबन्धनले जनमुक्ति पार्टीलाई समर्थन गरेपनि पौडेल निर्विकल्पको रुपमा प्रस्तुत भएका छन् ।

यहाँका कतिपय उद्योगी व्यवसायीले पौडेलको विकल्प अरु हुन नसक्ने समेत बताइसकेकाले पौडेललाई यस पटक पनि संघीय संसदको यात्रा सहज बनेको छ ।
गठबन्धनका कतिपय नेताहरु भने अब रुपन्देहीको २ नं. क्षेत्रबाट पौडेलको विकल्प स्वीकार गर्दै बालकृष्ण खाँणको निर्वाचन क्षेत्र नं. ३ मा केन्द्रीत हुने बताएका छन् ।

विशेषतः यसमा नेपाली कांग्रेसले भित्रभित्रै रणनिती बनाएको छ । खांणकै क्षेत्रमा जनमुक्ति पार्टीले पनि समर्थन गर्ने भएकाले अब एमालेको समर्थनमा राप्रपाबाट उम्मेदवार बनेका दिपक बोहोरालाई रोक्न सक्ने भन्दै गठबन्धन यतिबेला लागेको छ ।
यो क्षेत्रबाट २०६४, २०७० र २०७४ को चुनावमा लगातार जितेर ह्याट्रिक गरेका पौडेलले दुई पटक अर्थमन्त्री, जलस्रोत, रक्षासहित उपप्रधानमन्त्रीको जिम्मेवारी पूरा गरिसकेका छन।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार