रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

रुपन्देही २ मा सत्ता गठबन्धनको समर्थन केशव थापालाई

बुटवल । सत्तारुढ गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ ।

गठबन्धनमा आवद्ध चार दलका शीर्ष नेताहरुले बुधबार वक्तव्य निकालेर थापालाई समर्थन गर्ने घोषणा गरेका हुन् ।
यो क्षेत्रमा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका राजु गुरुङले उम्मेदवारी दिएका थिए ।

तर चेक बाउन्ससम्बन्धी मुद्दाका कारण उनको उम्मेदवारी खारेज भएपछि यो क्षेत्रमा सत्ता गठबन्धनको उम्मेदवार थिएन ।
थापा राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष समेत हुन् ।

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका बिष्णु पौडेललाई जसरी पनि हराउने अभियानमा लागेको सत्ता गठबन्धनले बिकल्पको रुपमा थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

आफुलाई सघाए बापत जनमुक्ती पार्टीले लुम्विनी प्रदेशसभामा उम्मेदवार बनेका उक्त निर्वाचन क्षेत्रका क र खका दुवै उम्मेदवारहरुको उम्मेदवारी निस्कृय बनाउने र जिल्लाका अन्य प्रतिनिधी सभाका उम्मेदवारहरुलाई जनमुक्ती पार्टीले सघाउने सहमती भएको उम्मेदवार थापाले बताए।

२०४४ सालमा प्रगतिशिल बिद्यार्थी संगठनको ईकाई कमिटी हुदै माक्सवादी राजिनीको यात्रा सुरु गरेका केशव बहादुर थापा २०५१ सालबाट जनमुक्ती पार्टीमा प्रवेश गरेका थिए।

२०५३ सालमा शिक्षक पेशाबाट राजिनामा दिएर पुर्णकालिन रुपमा राजनितिमा लागेका बुटवल ८ का स्थायी बासिन्दा थापा जनमुक्ती पार्टीको चौथो र पांचौ महाधिवेशनबाट २ कार्यकाल महासचिव भएका थिए भने २०७८ साल भदौमा भएको छैठौ महाधिवेशन यता उत्तः पार्टीको कार्यकारी अध्यक्ष छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार