बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

स्थानीय सरकार संग कानून सिक्दै कालिकाका विद्यार्थीहरु

बुटवल ।
कालिका मानवज्ञान माविका कानूनका विद्यार्थीहरुको स्थानीय सरकारसंग कानूनका विद्यार्थीहरु कार्यक्रम मंगलबारदेखि शुरु भएको छ।
कानूनका विद्यार्थीहरुलाई स्थानीय सरकारका काम कारवाहीको बारेमा स्थलगत जानकारी दिन, स्थानीय योजना निर्माण तथा कानून निर्माण प्रक्रियालाई व्यवहारिक रुपमा बुझ्नको लागि १५ दिने कार्यक्रम अन्तर्गत वार्ड कार्यालयहरुमा पठाईएको छ। लुम्बिनी प्रदेशका २४ पालिकाका ६७ वटा वार्ड कार्यालयहरुमा रहेर विद्यार्थीहरुले व्यवहारिक कानूनी अभ्यास गर्ने कार्यक्रम रहेको विद्यालयका कानून समुहका इन्चार्ज युवराज कंडेलले बताए। उनका अनुसार कानून समुहमा अध्ययनरत कक्षा १२ का १०६ जना विद्यार्थीहरुले लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, पाल्पा, अर्घाखाची, गुल्मी, कपिलवस्तु, अर्घाखाँची, प्युठान, दांग, बाँके तथा गण्डकी प्रदेशका बाग्लुंग र नवलपुर जिल्लाका पालिकाका वार्ड कार्यालयमा रहेर अभ्यास गर्नेक र ३ दिन स्थानीय न्यायिक समितिसंग बसेर सिक्नेछन।
पालिकाका वार्ड कार्यालयहरुमा विद्यार्थीहरुले वार्डले प्रदान गर्ने सेवा र त्यसको प्रक्रिया, योजना निर्माण र माग प्रक्रिया, समुदाय र पालिका सम्बन्ध, अनुदान माग र वितरण प्रक्रिया, मेलमिलाप प्रक्रियाका साथै वार्डको अवस्था र सवल पक्षको बारेमा अध्ययन गर्नेछन। उक्त कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले स्थानीय टोल समिति, महिला समूह र बाल क्लबहरुको लागि कानूनी साक्षरता कक्षाहरु पनि संचालन गर्ने कार्यक्रम निर्धारण गरिएको छ।
कालिका मानवज्ञान माविले विद्यार्थीहरुमा कानूनको व्यवहारिक ज्ञान र सिप विकास गर्नको लागि कानूनका विद्यार्थीको लागि नमूना संसद, अभ्यास अदालत, प्रहरीसंग विद्यार्थी कार्यक्रम, समुदायमा कानूनी साक्षरता कार्यक्रम, मानव अधिकार कार्यक्रम लगायतका कार्यक्रमहरुलाई वार्षिक कार्यक्रम अन्तर्गत राखेर नियमित रुपमा संचालन गर्दै आएको र यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई कानून, विधिको शासन तथा समुदाय बुझ्न र सिकाईलाई दिगो बनाउन सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित