रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

लुम्बिनी सरकारको प्रवक्तामा पन्थी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारको प्रवक्ताको जिम्मेवारीमा विनाविभागीय मन्त्री दिनेश पन्थीलाई दिएका छन् ।

लुम्बिनी मन्त्रिपरिषद् बैठकबाट उनलाई प्रवक्तामा नियुक्त गरिएको हो । एमालेबाट गुल्मी २ (२) बाट निर्वाचित पन्थी यसअघि माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा पनि आन्तरिक मामिला तथा कानुनमन्त्री र सरकारको प्रवक्ता थिए ।

कांग्रेस–एमाले गठबन्धन सरकारमा पनि पन्थी पुनः मन्त्रीमा दोहोरिएका हुन् । एमालेबाट चार र कांग्रेसबाट चार जना मन्त्री नियुक्त भएकामध्ये आचार्य विनाविभागीय मन्त्री हुन् । दुई/चार दिनमै मन्त्रीहरूको कार्यविभाजन गरिने नवनियुक्त सरकारका प्रवक्ता पन्थीले बताए । त्यसको लागि आन्तरिक रुपमा गृहकार्य भइरहेको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित