कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

हिजो पार्टी फुटाउने कहीँबाट सञ्चालित थिए, अब गुट बनाउने छुट कसैलाई छैन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुट बनाउने छुट कसैलाई नभएको बताएका छन् ।

‘हिजो गलत मनसायबाट पार्टी फुटाउनेहरू कहीँबाट सञ्चालित थिए, अहिले उनीहरूको के हालत भएको छ, केही स्वार्थी व्यक्ति पार्टीमा हुँदा कति धेरै क्षति पुरायो भन्ने विषय सबैलाई प्रष्ट छ’ नेकपा एमाले कपिलवस्तुको १० औँ अधिवेशन उद्घाटन कार्यक्रममा उनले भने ।

‘पार्टीभित्र गुट बनाउने छुट कसैलाई छैन, यसले कसैलाई फाइदा हुँदैन, पार्टीलाई फाटो ल्याउँछ, एमालेलाई गुटबन्दी स्वीकार्य छैन, योबारे सबै नेता कार्यकर्ता स्पष्ट हुनुपर्छ, अब गुटबन्दीविरुद्ध सबै नेता कार्यकर्ता लागौँ । गुटबन्दी मुर्दावाद भनौँ’ ओलीले भने ।

‘हिजो एमालेभित्र रहेका केही स्वार्थीलाई पचेन, डाहा भयो, उनीहरू कहाँबाट सञ्चालित भएका हुन् रु गलत मनसायले पार्टी फुटाए, कम्युनिष्ट पार्टीको सरकार ढलाएर दक्षिणपन्थीलाई बुझाए, अझै पनि महसुस गरेका छन् वा छैनन् ?’ एमाले अध्यक्ष ओलीले भने–‘कपिलवस्तुले त्यो सबै षडयन्त्रविरुद्ध बनेको गठबन्धनविरुद्ध एकजुट भएको हो पार्टी केन्द्रले कपिलवस्तुलाई उच्च सम्मान गरेको छ । अब पनि त्यो सम्झनुपर्‍यो ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित