कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल मात्रै चल्योः डा. भट्टराई

बुटवल । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपालका पार्टीहरु उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको बताएका छन् । उनले ठूलो त्याग र वलिदानले ल्याएको गणतन्त्र लोकतन्त्रलाई बचाउन नसक्दा देशमा अस्थिरता र भ्रष्टाचार बढ्दै गएको भन्दै राजनीतिक दलहरुकै कारण देश र जनताको अवस्था निकै गम्भीर अवस्थामा पुगेको जिकिर गरे ।

आइतवार रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा डाक्टर भट्टराईले यस्तो बताएका हुन् । देशमा अहिले चरम बेरोजगारी, बेथिति र उद्योग व्यवसायहरु धरासायी बन्दै गएकोप्रति वर्तमान सरकारले ध्यान नदिएको, सरकारले उठाएका ठूला फाईलहरुको हालसम्म कुनै टुङ्गोमा पुर्‍याउन नसकेको जनाउँदै सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल मात्रै चलेको दाबी गरे ।

अध्यक्ष भट्टराईले भने, राजनीतिक भनेको देश लुट्ने अस्त्र बन्यो । चुनाबलाई महंगो बनाउने र नागरिकले दिएको भोटले जितेर त्यसको फाईदा विभिन्न नाममा भ्रष्टाचार गर्ने प्रवृत्तिले देश ठूलो भड्कालो जाँदै गरेको उल्लेख गरे । देशमा उदाएका नयाँ शक्तीहरुको उपयुक्तता नहुने ठोकुवा गर्दै अब देशको विकासका लागि विभिन्न दिशामुखि दलहरु भन्दा देशलाई नेपालमुखि दल चाहिएकाले आफ्नो पार्टीलाई नयाँ बैकल्पिक पार्टी बनाउने दृढताका साथ अगाडि बढेको जनाए ।

उनले थपे, आफ्नो पार्टीलाई केही शक्तिहरुले धमिलो बनाउन खोजेका थिए । मैले ती तत्वहरुलाई प्रदूषित गराउनबाट बचाउन अलग गरिसके म अब आफ्नो पार्टीलाई नेपालमुखी बनाउनेमा कस्सिएको छु , डा.भट्टराईले भने । अहिलेको राजनीतिक गठबन्धन ठगबन्धन भएको बताउँदै यसप्रति जनताहरुले यसबाट कुनै नयाँ परिवर्तनको अपेक्षा नराखेको बताए ।

नेता भट्टराईले सत्ताको लालाची आफु कहिल्यै भएन । हुँदैन पनि ।  पदको निम्ति कहिले पनि कसैसँग सम्झौता गरेको छैन् । मैले कुनै भ्रष्टाचार गरेको कुनै प्रमाण छ ? भन्दै प्रश्न गरे । केही भुक्ने कुकुर छन्, ती भुक्ने कुकुरहरुलाई ढुङ्गा हान्ने भन्दा मेरो ध्यान आफ्नै बाटोमा लागेको छु । हामीहरुको एउटा माग छ त्यो हो, प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको निर्वाचन प्रणाली । त्यसमा गयो भने मात्रै देशमा स्थायित्व सरकार आउने र विकास हुने विश्वास छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित