रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल मात्रै चल्योः डा. भट्टराई

बुटवल । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपालका पार्टीहरु उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको बताएका छन् । उनले ठूलो त्याग र वलिदानले ल्याएको गणतन्त्र लोकतन्त्रलाई बचाउन नसक्दा देशमा अस्थिरता र भ्रष्टाचार बढ्दै गएको भन्दै राजनीतिक दलहरुकै कारण देश र जनताको अवस्था निकै गम्भीर अवस्थामा पुगेको जिकिर गरे ।

आइतवार रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा डाक्टर भट्टराईले यस्तो बताएका हुन् । देशमा अहिले चरम बेरोजगारी, बेथिति र उद्योग व्यवसायहरु धरासायी बन्दै गएकोप्रति वर्तमान सरकारले ध्यान नदिएको, सरकारले उठाएका ठूला फाईलहरुको हालसम्म कुनै टुङ्गोमा पुर्‍याउन नसकेको जनाउँदै सत्ता टिकाउन कसैलाई तर्साउने र कसैलाई बचाउने खेल मात्रै चलेको दाबी गरे ।

अध्यक्ष भट्टराईले भने, राजनीतिक भनेको देश लुट्ने अस्त्र बन्यो । चुनाबलाई महंगो बनाउने र नागरिकले दिएको भोटले जितेर त्यसको फाईदा विभिन्न नाममा भ्रष्टाचार गर्ने प्रवृत्तिले देश ठूलो भड्कालो जाँदै गरेको उल्लेख गरे । देशमा उदाएका नयाँ शक्तीहरुको उपयुक्तता नहुने ठोकुवा गर्दै अब देशको विकासका लागि विभिन्न दिशामुखि दलहरु भन्दा देशलाई नेपालमुखि दल चाहिएकाले आफ्नो पार्टीलाई नयाँ बैकल्पिक पार्टी बनाउने दृढताका साथ अगाडि बढेको जनाए ।

उनले थपे, आफ्नो पार्टीलाई केही शक्तिहरुले धमिलो बनाउन खोजेका थिए । मैले ती तत्वहरुलाई प्रदूषित गराउनबाट बचाउन अलग गरिसके म अब आफ्नो पार्टीलाई नेपालमुखी बनाउनेमा कस्सिएको छु , डा.भट्टराईले भने । अहिलेको राजनीतिक गठबन्धन ठगबन्धन भएको बताउँदै यसप्रति जनताहरुले यसबाट कुनै नयाँ परिवर्तनको अपेक्षा नराखेको बताए ।

नेता भट्टराईले सत्ताको लालाची आफु कहिल्यै भएन । हुँदैन पनि ।  पदको निम्ति कहिले पनि कसैसँग सम्झौता गरेको छैन् । मैले कुनै भ्रष्टाचार गरेको कुनै प्रमाण छ ? भन्दै प्रश्न गरे । केही भुक्ने कुकुर छन्, ती भुक्ने कुकुरहरुलाई ढुङ्गा हान्ने भन्दा मेरो ध्यान आफ्नै बाटोमा लागेको छु । हामीहरुको एउटा माग छ त्यो हो, प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको निर्वाचन प्रणाली । त्यसमा गयो भने मात्रै देशमा स्थायित्व सरकार आउने र विकास हुने विश्वास छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित