रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

लुम्बिनीका मुख्यमन्त्री जाेख बहादुर महरा र तीन मन्त्रीले लिए पद तथा गाेपनियताकाे शपथ

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनियताको सपथ गराएका हुन । त्यस्तै अन्य ३ मन्त्रीले पनि पद तथा गोपनियताको सपथ लिएका छन् ।

एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य, जसपाका भण्डारीलाल अहिल  माओवादी केन्द्रका दीपेन्द्र पुनले सपथ लिएका हुन ।

उनीहरू सबै विनाविभागीय मन्त्री हुन्। महरा शुक्रबार पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

रोल्पाका पुन गत चुनावमा स्वतन्त्र उम्मेदवार बनेर कांग्रेस र माओवादीका साझा उम्मेदवार कांग्रेस प्रदेश सभापति अमरसिंह पुनलाई पराजित गरेका नेता हुन् । उनी अघिल्लो चुनावमा पनि प्रदेश सांसद चुनिएका थिए ।

बांकेका अहिर यसअघिको सरकारमा समेत कृषि तथा भूमि व्यवस्था मन्त्री थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित