निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

अबको पार्टी सभापति म- केन्द्रिय सदस्य चन्द्र भण्डारी

नेपाली कांग्मरेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले अबको महाधिवेशन बाट अबको पार्टी सभापति अाफु बन्ने बताएका छन् । प्रेस युनियन बुटवलले अायोजना गरेको पत्रकार सममेलनमा अब कसैलाई नबोक्ने र अबको महाधिवेशन बाट अाफु सभापति हुने बताए ।

उनले गृहमन्त्री रवि लामिछाने लगायत सहकारी ठगी प्रकरणमा नाम जोडिएका नेताहरुमाथि अनुसन्धान गर्न छानवीन समिति गठन हुनुपर्ने बताए ।
उनले छानवीन समिति गठनको माग संसदीय व्यवस्थाको स्वभाविक मूल्य मान्यता भएको बताए ।
‘विगतमा अरुमाथि औंला उठ्याउनेहरुले आफूमाथि प्रश्न उठेपछि छानवीनका लागि तयार भएर नैतिकता देखाउनुपर्छ’– भण्डारीले भने–‘संसदीय छानवीन समिति माग गर्नु नयां दल वा गृहमन्त्रीप्रति कुनै आग्रह पुर्वाग्रह होइन ।’
नेता भण्डारीले आवश्यकता भन्दा धेरै जनप्रतिनिधि र कर्मचारी भएका कारण विकास निर्माणका लागि वजेट नपुगेको बताए ।
उनले संघ र प्रदेशमा जनप्रतिनिधि र कर्मचारी संख्या आधा घटाउनुपर्ने बताएका छन् । भण्डारीले ३६ हजार जनप्रतिनिधिलाई १८ हजारमा र एक लाख कर्मचारीलाई ५० हजारमा झार्नुपर्ने तर्क गरे ।
‘स्थानीय तहलाई नचलाऔं तर प्रदेश र केन्द्रको पुनःसंरचना जरुरी छ,केन्द्र र प्रदेशमा यति धेरै सांसद, मन्त्री र कर्मचारी आवश्यक छैन’–भण्डारीले भने–‘तलब जति जनप्रतिनिधि र कर्मचारीमा खर्च भएपछि विकास निर्माण कसरी हुन्छ ?’
संविधानले सिंहदरबारको अधिकार स्थानीय तहसम्ममा ल्याइएको, महिला, दलित, मधेशी, पछाडि पारिएका समुदायका लागि समावेशी समानुपातिक सहभागिता सुनिश्चित भएको तर नागरिकको अवस्थामा परिवर्तन नहुदा र रोजगारीका लागि विदेश पलायनले आमरुपमा जनतामा निराशा छाएको बताए । समानुपातिक प्रणालीले नेताहरुले मात्र फाइदा लिएर बलिया भएकाले समानुपातिकमा विज्ञहरु मात्र लैजानुपर्ने बताए ।
अर्को प्रसंगमा नेता भण्डारीले संसद विघटनलाई समर्थन गरेर चुनावमा गएको भए अहिले कांग्रेस र एमाले दुई पार्टी बलिया भएर आउंथे र साना दलहरु पाखा लाग्थे भने ।
पत्रकारको जिज्ञासामा नेता भण्डारीले अबको महाधिवेशनमा आफू पार्टी सभापति पदमा उम्मेदवार हुने बताए । अहिलेका सभापति शेरबहादु देउवा विधानको व्यवस्थाका कारण पनि नेतृत्वबाट बिदा लिने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित