कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

राष्ट्रिय युवा संघ नेपाल लुम्विनी प्रदेश कमिटीको प्रथम बैठक सम्पन्न

  •  प्रचार विभाग प्रमुखमा कृष्णप्रसाद पाण्डे
  • राष्ट्रिय युवा संघ नेपाल लुम्विनी प्रदेश कमिटिको प्रथम पूर्ण बैठक राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटिका अध्यक्ष सुरज खरेलको अध्यक्षता , नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा युवा संघका केन्द्रिय ईन्चार्ज महेश वस्नेतको प्रमुख आतिथ्यतामा पुष्पलाल स्मृती भवन बुटवलमा सम्पन्न भएको छ।

    बैठकले विभिन्न प्रस्तावहरुमाथि रिर्पोटिङ ,कार्यालय स्थापना तथा सञ्चालन , सरकुलर अध्ययन, आर्थिक प्रतिवेदन, खाता सञ्चालन ,मातहतका कमिटिको बैठक तथा अधिवेशन, सदस्य मनोनयन तथा विदाई ,कार्यविभाजन ,सातै प्रदेश सातै दिन भेला सम्बन्धमा छलफल भएको थियाे।

    संघका केन्द्रिय उपाध्यक्ष रमेश तिवारी, महासचिव सुमन पुरी, पार्टी लुम्विनी प्रदेश कमिटी सचिव लक्ष्मण आचार्य, संघका केन्द्रिय सचिव खेमराज शर्मा संघका लुम्विनी प्रदेश ईन्चार्ज केशव रोका, युवा इन्चार्ज तुलबहादुर अधिकारी, सह इन्चार्जहरू जिवन अधिकारी, पृतम पौडेल, स्थाई कमिटी सदस्य तथा केन्द्रिय कमिटीका सदस्यको बैठकमा उपस्थिति रहेको थियोे ।

    बैठकमा प्रदेश भित्रका १२ वटै जिल्ला कमिटी अध्यक्षहरुले आ-आफनो जिल्लाको संगठानात्मक विषयमा लिखित रुपमा रिर्पोटिङ पेश गरेका थिए भने राष्ट्रिय युवा संघ नेपालको प्रदेश कार्यालय रुपन्देहीको बुटवलमा स्थापना गर्ने निर्णय भएको छ। केन्द्रिय कमिटीले जारी गरेको सर्कुलरहरु माताहत कमिटीका पदाधिकारी, तथा जिल्ला कमिटीका अध्यक्षलाई पठाइएकाे र त्यसको गहन अध्ययन गर्न र प्राप्त निर्देशनलाई आ आफनो कार्यक्षेत्रमा सृजनात्मक कार्यन्वयन गर्न समेत निर्देशन दिएको छ।

    राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटिको निर्देशन अनुसार भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा राहत तथा पुननिर्माणमा सहभागीहुने सुरज खरेल, किरण नेपाल, विक्रम खनाल, पि.यस पुन, शोभाखर पाण्डेय,ज्ञानेन्द्र ओलि,कमल क्षेत्री, मोहन जंग पौडेल, बिशेक थापा लगायतलाई बधाई दिएको छ। राष्ट्रिय युवा संघ नेपालको प्रदेश कमिटीलाई पुर्णता दिदै विभिन्न विभागहरू समेत गठन गरेको छ।

    जसमा प्रचार विभाग प्रमुखमा कृष्णप्रसाद पाण्डे (अर्घाखाँची ), युवा बिज्ञ परिसद प्रमुखमा राजेश भट्टराइ ,(पाल्पा),संगठन विभाग प्रमुखमा रविशंकर वर्मा (बांके) उप प्रमुख चन्द्र प्रसाद पन्थ (गुल्मी)महिला विभाग प्रमुखमा पार्वता भुसाल पाण्डे (अर्घाखाँची),सचिवमा अनिशा पौडेल (रुपन्देही)युथफोर्स विभाग प्रमुखमा मनोज थापा(रुपन्देही)उप प्रमुख लिल राना लोके(रुपन्देही),साइबर सर्कल विभाग प्रमुखमा शंकर पाण्डे(रुपन्देही)उप प्रमुखमा अभिनभ भुसाल(अर्घाखाची),खेलकुद विभाग प्रमुखमा दिपक के. सी (दाङ्ग ),स्वयंसेवा विभाग प्रमुखमा राकेश बुढाथोकी गोल्डेन (दाङ्ग),उप प्रमुख प्रकाश पौडेल (अर्घाखाँची) रहेका छन् ।

    राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय कमिटिको निर्देशन बमोजिम सातै प्रदेश सातै दिन भन्ने बृहत युवाभेला तथा विरोध प्रदर्शन चैत्र को दोस्रो साता गर्ने निर्णय समेत गरेकाे छ।

    बैठकले अधिवेशन गर्नुपर्ने जिल्ला कपिलवस्तु, पाल्पा र गुल्मि जिल्लाको अधिवेशन चैत मसान्त भित्र सम्पन्न गरिसक्ने साथै वॉकी जिल्लाहरुलाई चैत १५ गते भित्र जिल्लाको पूर्ण बैठक आयोजना गर्न समेत निर्देशन दिएको छ । राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटिलाई पूर्णता दिन अनिशा पौडेल,विक्रम पौडेल,शान्ति पौडेल,सुमन घिमिरे,शंकर पाण्डे,किरण क्षेत्री,कृष्ण प्रसाद पाण्डे,स्मन कडेल,युद्ध पुरी,जागेन्द्र बुढा,मनोज थापा,राजेश भट्टराई,लिल राना लोकेलाई प्रदेश कमिटी सदस्यमा मनाेनित गरेको छ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित