दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

लुम्बिनीमा मतदान सकियो, गाउँपालिकाका दुई उपाध्यक्षले दिएनन् मत

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको लागि भएको मतदान सकिएको छ ।

३०५ मतदाता रहेकोमा ३०३ मत खसेको र बाँकी दुई जना नआउने जानकारी गराएकाले मतदानको काम सकिएको निर्वाचन अधिकृत कुलप्रसाद पान्डेले बताए । मतदानमा प्रदेश सभा तर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका २१८ मतमध्ये २१६ मत खसेको र दुई मत खस्न बाँकी रहेको थियोे ।

मतदानको समय ३ बजेसम्म रहेपनि बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवि श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय आउन नसक्ने जानकारी गराएपछि मतदानको काम सम्पन्न भएको हो ।

दुई सीटका लागि भएको निर्वाचनमा ८७ प्रदेश सभा सदस्य र २१८ स्थानीय तहका प्रमुख उपप्रमुख गरी ३०५ मतदाता रहेका थिए भने ६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । अहिले मुचुल्का तयारीको काम भैरहेको र ३ बजेपछि मतगणनाको काम शुरु हुने निर्वाचन अधिकृत कुलप्रसाद पान्डेले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित