रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

गुटले कांग्रेस चल्न सकेन, नेतृत्वमा डाक्टरको खाँचो छ : चन्द्र भण्डारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् ।

पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब पार्टी चलाउन नहुने बताएका हुन् । ‘हामीले चलाएको गुटले पार्टी चलाउन पनि सकेनौं, सरकार पनि चलाउन सकेनौं’ भण्डारीले भने, ‘सीमानाका रक्षा गर्न पनि सकेनौं । अब देउवाले नेतृत्व छाडेर शेखरलाई दिनुपर्छ ।’

चन्द्र भण्डारीले शुक्रवार नवलपरासीमा भएको कार्यक्रममा पनि समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक सभापति भएको हेर्न चाहेकोबताएका थिए ।

अब कांग्रेसमा डाक्टरको नेतृत्व आवश्यक रहेको उनको भनाइ छ ।

गुटबन्दीले संगठन वा देश नबन्ने बताउँदै उनले गुटको पछि भन्दा पनि संगठन वा देशका लागि काम गर्न आग्रह गरे ।

अहिलेको अवस्थामा जनताले खोजेको काम गरेर देखाउनु जरुरी रहेको बताउँदै उनले आफूलाई लागेको भन्दा पनि जनताले खोजेको र चाहेको काम बुझेमा मात्रै सफल बन्न सकिने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित