रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवलमा शुरू हुँदैछ । बुटवल रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शुरू हुने सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन कार्यक्रम छ ।

शनिबार उद्घाटन सत्र तथा आइतबार बन्द सत्र हुनेछ । सम्मेलनमा ६७५ जना प्रतिनिधि सहभागी हुने कांग्रेस प्रदेश सभापति अम्बरसिंह पुनले बताए ।

सम्मेलनमा पार्टीको पुस १६ गते हुने केन्द्रीय महासमितिको नीति अधिवेशनमा सुझाव पेश गर्नेगरी छलफल हुनेछ । त्यस्तै समसामयिक विषय र विधान संशोधनबारे छलफल हुने पुनले बताए ।

‘सम्मेलनमा पार्टीभित्रको गुटबन्दी कसरीलाई अन्त्य गर्ने भन्ने विषयमा पनि छलफल हुन्छ,’ उनले भने, ‘साथै पार्टीभित्र प्रदेश र स्थानीय समितिमा अधिकार प्रदान गर्ने विषयमा संकुचन रहेछ, प्रदेशलाई केन्द्रीय समितिले प्रयाप्त अधिकार दिएको छैन । संघीयताको मर्मअनुसार वडातहदेखि केन्द्र तहसम्म अधिकार प्रत्यायोजन हुन आवश्यकाबारे व्यापाक छलफल गर्छौं ।’

सम्मेलनलाई सभापति देउवासहित नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरूले सम्बोधन गर्ने छन् ।

सम्मेलनमा ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख, प्रदेश समितिका पदाधिकारी सदस्य तथा सल्लाहकारहरू, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारी समेत गरी ७ सय ५० बढी सम्मेलनमा सहभागी हुनेछन् ।

उद्घाटन सत्रपछि राजनीतिक प्रतिवेदन, संगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस हुने छन् र ती प्रतिवेदनमाथि प्रतितिधिहरूको छलफलपछि आगामी कार्य दिशा तय गर्ने कोषाध्यक्ष प्रकाश रानाले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित