जि २५ क्लबले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम गर्ने बुटवलमा पुस १४देखि नवौँ जिल्लास्तरीय स्नुकर सम्बन्ध सहकारीको छैठौं साधारणसभा रुपन्देहीको फर्साटिकरमा मंसिर २४ देखि व्यापार महोत्सव तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको निर्माण प्रक्रिया सुरू लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव                
समाचार :

नेतृत्व तहमा रहेका नेताहरुले बुद्धका सन्देशलाई आत्म गर्न जरुरी – गृहमन्त्री पाण्डे

लुम्बिनी सरकारका गृहमन्त्री सन्तोष पाण्डेले बुद्ध जन्म भूमी नेपालका सबै नेतृत्व तहमा रहेका राजनैतिक दलका नेताहरुले बुद्धका सन्देशलाई आत्म साथ गर्न नसकेको गुनासो गरेका छन् ।

बुद्ध व्यक्ति होईन विचार हो भन्द मन्त्री पाण्डेलेबुद्धका एकमात्र सन्देश भिक्षादान मागेर खाने कुरालाई मात्र नेपालका नेताहरुले प्रयोग गरेको भन्दै चिन्ता व्यक्त गरे ।

बुद्धका असल सन्देशलाई आत्मसाथ गरेर सबैले दाईत्व वहन गर्न जरुरी रहेको मन्त्री पाण्डेले जोड दिए ।

धौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभामा शनिवार बुटवलमा वोल्दै गृहमन्त्री पाण्डेले जिल्लाबाहिर दर्ता भएर शाखा विस्तार गरेका सहकारीले गर्दा सहकारीलाई हेर्ने दृष्टीकोणमा केही समस्या आएको भन्दै प्रदेश सरकारले अब सहकारीको अनुगमन गर्ने बताए ।

उनले विश्वमा नै आर्थिक मन्दी देखिएकोले उद्यागी व्यवसायी र आमनागरिकलाई आत्तिहाल्ने अबस्था नरहेको भन्दै सहानुभूती दिए ।

सैनौमैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र शर्माले मुलुकको आर्थिक विकासका खम्वाका रुपमा रहेको सहकारीमा केहीगलत मनसाय राखेर संचालित सहकारीले गर्दा सिंगो सहकारीमा नकारात्मक अवस्था देखापरेको बताए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले उद्योगी व्यवसायीहरुको व्यवसाय प्रवद्र्धनमा तीनै तहका सरकार गम्भिर हुन जरुरी रहेको बताए ।

धौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गोबिन्द खनालले सहकारीमा खराव कर्जा नरहेकोले शेयर सदस्यहरु ढुक्क हुन आग्रह गरे । उनले सैनामैनामा सेवाकेन्द्रवाट ६ सय सदस्य बृद्धि र सिस्टर सोसाईटीका माध्यमवाट महिलाहरुलाई शसक्तिकरण गदै आर्थिक लगायत सामाजिक र सांस्कृति अधिकारको अभियानलाई तिब्रता दिएको बताए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष देव प्रसाद खनाल सचिव ठाकुर घिमिरे नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोख्रेल लगायतले सहकारीको वारेमा प्रकाश पारेका थिए ।

साधारण सभाले अध्यक्ष र लेखा समितीका प्रतिवेदन र कोषाध्यक्षको आयव्ययको वार्षिक प्रतिवेदन पारित गरेको थियो । समारोहमा विभिन्न विधामा उत्कृष्टता हासिल गरेकाहरुलाई सम्मान गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित