रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

लुम्बिनी प्रदेशका सभामुख घर्तीले संघीयता विरुद्ध दिए कडा अभिव्यक्ती

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले अधिकार बिनाको संघीयताको औचित्य नभएको बताएका छन् । नेपालको संघीयता नियन्त्रित र नाम मात्रको भएको दावी गर्दै सभामुख घर्तीले अधिकार बिहीन संघीयता आवश्यक नभएको बताए ।

चादनी नेपाल, रूपन्देहीले सोमबार बुटवलमा आयोजना औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित प्रदेश कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेक समिक्षा प्रतिवेदन हस्तान्तरण कार्यक्रममा बोल्दै घर्तीले सुरक्षा, संघीय मामिला र परराष्ट्रसम्बन्धी अधिकार बाहेक अन्य सबै प्रदेशलाई दिनुपर्ने दावी गरे । ‘संघीय सरकारका सासक र प्रदेश दास जस्तो संघीयता भए’ घर्तीले भने, ‘संघका सबै कुना मान्नुपर्छ भन्ने छैन । संघको डोमिनेट प्रदेशलाई मान्न आवश्यक छैन ।’

औद्योगिक कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको समिक्षा प्रतिवेदन हस्तान्तरण

चाँदनी नेपालले लुम्बिनी प्रदेशको औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित प्रदेश कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको समिक्षा प्रतिवेदन हस्तान्तरण गरेको छ ।

बुटवलमा सोमबार एक कार्यक्रमको आयोजना गरि चाँदनी नेपालका कार्यकारी निर्देशक भवनीप्रसाद पाण्डेले लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ति र विषयगत समितिका जेष्ठ सदस्य देवकरण कलवारलाई सो समिक्षा प्रतिवेदन हस्तान्तरण गरेका हुन् । करिब २ महिना विभिन्न विज्ञ तथा व्यवसायीक प्रतिनिधिहरुसँग छलफल तथा अन्तरक्रिया गरी प्रमुख सरोकार र सुझावसहित प्रतिवेदन तयार गरिएकोे निर्देशक पाण्डेले बताए ।

उक्त प्रतिवेदनको प्रस्तुत अधिवक्ता संजीव घिमिरेले गरेका थिए । प्रतिवेदन बुझ्दै सभामुख तुलाराम घर्तिले औद्योगिक प्रतिवेदन प्रगतिशिल रहेको बताउँदै विभिन्न क्षेत्रहरुबाट प्राप्त भएका सुझावले अझ बढी प्रगतिशिल हुनमा टेवा पुराउने बताए । विषयगत समितिका जेष्ठ सदस्य देवकरण कलवारले विधेयकहरु बहुुमतबाट भन्दा पनि सर्वसम्मत पारित भएमा सबैको न्याय हुने बताए । प्रदेशसभा सदस्य तथा एमालेका प्रमुख सचेतक तुल्सी चौधरी, प्रदेशसभा सदस्य हेमा बेल्वासे खेम सारु लगायतले विभिन्न क्षेत्रबाट आएका सकारात्मक सुझावहरुको उचित सम्बोधन गर्नका लागि आफुहरुले प्रदेशसभामा आवाज उठाउने बताए ।

यस्तै लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलम, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपाने, उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य उज्वल कसजु, बुटवल औद्योगिक क्षेत्रका अध्यक्ष हिरामणी भट्टराई, नेपाल उद्योग व्यापार महासंघका केन्द्रिय महासचिव खेमनारायण पराजुली, उपभोक्ता हित संरक्षणका रुपन्देही अध्यक्ष तेजकुमार पाठक, बुटवल फर्निचर संघकी अध्यक्ष सावित्रा टण्डन, घरेलु तथा साना उद्योगकी रुपन्देही अध्यक्ष मन्जु ज्ञवाली लगायतले प्रदेश सरकारले बनाएको विधेयकमा जरिवाना चर्को राखिएकाले सचाउनु पर्ने बताएका थिए ।

साथै उनीहरुले आफुहरुले राखेका सुझावहरुको सम्बोधन गरेर मात्रै विधेयक पारित गर्नु पर्ने बताउँदै आहिले व्यवसायीक क्षेत्रमा देखिएको आर्थिक मन्दीको समस्या समाधान गर्ने स्पष्ट खाका पनि विधेयकमा उल्लेख हुने पर्ने बताएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित