लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु ३२ औँ संस्करणको प्रदेशस्तरीय ‘न्यू होराइजन क्वीज’ शुक्रबारदेखि हुँदै फुलबारीमा ५ लाख बढिले गरे अवलोकन तिलोत्तमामा मंसिर १५ देखि व्यापार मेला बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’ श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट                
समाचार :

लुम्बिनी प्रदेश सरकारले ल्यायो अस्पताल विकास समिति खारेज गर्ने कानुन

लुम्बिनी प्रदेश सरकारले अस्पताल विकास समिति खारेज गर्ने तयारी गरेको छ।

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशभरीका अस्पताल विकास समिति खारेज गर्ने तयारी अनुसार कानुन पारित गरेको हो।

पूर्ववर्ती नेकपा एमाले नेतृत्वको सरकारले जाँदाजाँदै वैशाख ३ गते नियुक्त गरेका अस्पताल विकास समितिमा आफ्ना कार्यकर्ता नियुक्ति दिन असहज भएपछि कानुनै ल्याएर विकास समिति खारेज गर्ने तयारी गरेको हो।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोष पाण्डेले अस्पताल विकास समिति खारेज गर्न कानुन ल्याइएको स्वीकार गरे।

‘आजको मन्त्रिपरिषद् बैठकमा अस्पताल विकास समिति खारेज गर्ने गरी कानुन पास गरेका छौं,अब सोही अनुसार अगाडि बढ्छ’, पाण्डेले भने।

पाण्डेले अहिले विकास समिति विघटन गरिसकेको भने भन्न नमिल्ने बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित