रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

अर्थतन्त्रको ‘मेजर अपरेशन’ गर्नुपर्ने अवस्था छ, सरकारले सिटामोल समेत दिन सकेनः उपाध्यक्ष पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रको ढाँड भाचिएको अवस्थामा पनि सरकार गम्भीर बन्न नसकेको बताएका छन ।

देशमा आर्थिक विकास र समृद्धि, सुशासनका क्षेत्रमा कहालीलाग्दा कहालीलाग्दा समस्याका चाँङहरू हुँदा समेत सरकारको ध्यान सत्तामा बस्न र टिक्नमा मात्र केन्द्रित रहेको दावी गरे ।

बुटवलमा आइतबार प्रेस चौतारी रुपन्देहीको शुभकामना आदान प्रदान कार्यक्रममा आयोजित कार्यक्रममा बोल्दै पौडेलले भने, ‘मुलुकको अर्थतन्त्रलाई चान्ने चुन्ने उपचार गरेर होइन, मेजर अपरेशन गर्नुपर्ने अवस्था छ । सरकार अपरेशन त परै जाओस् सिटामोल समेत दिनका सकेका छैन । अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले काम गरेन् ।’
‘कर्मचारीले ऋण गरेर तलब खुवाउनुपर्ने अवस्था छ । निर्माण सम्पन्न गरेका आयोजनाहरुको भुक्तानी गर्न सकेको छैन । पेन्सन र सामाजिक सुरक्षा खुवाउनु आन्तरिक ऋण लिनुपर्ने अवस्थाले अर्थतन्त्र असाधारण अवस्थामा पुगेको छ सरकार गम्भीर हुनुप¥यो’ उपाध्यक्ष पौडेलले थपे ।

मुलुकको राष्ट्रपति रामचन्द्र पौडेलले पदीय मर्यादा बिपरीत राजनीति गरेको समेत पौडेलले दावी गरे ।
‘राष्ट्रपति दलको नेताजस्तो बन्ने होइन’ उपाध्यक्ष पौडेलले भने, ‘कुनै बेला अमुक दलको नेता हुनुहुन्थ्यो । अब त्यस्तो होइन । कुनै दलको पैरवी गर्ने होइन । कांग्रेसलाई भोट गरेको धन्यवाद ज्ञापन गर्ने, पार्टीका नेताको आन्तरिक विवाद मिलाउन फोन गर्ने होइन । आफनो मर्यादामा बस्नुपर्छ । अहिलेको बडादशैलेले राष्ट्रपति लाई सदबुद्धि दिउन ।’
सरकारले अपराधीलाई प्रोत्साहन गरेर पीडितलाई तर्साउनको काममा समेत उदत देखिएको बताए । मान्छे मार्ने अपराधीलाई रिहाइ गर्ने राष्ट्रपतिले कुनै सोच विचार गर्न नसकेको पौडेलको भनाइ छ ।

कोशी प्रदेशमा सरकारले तमासा गरेको बताए । कोशी प्रदेश सरकारको लागि एमालेले कुनै खेल नखेकोलेको स्पष्ट पार्दै नेता पौडेलले मुख्यमन्त्री केदार कार्कीलाई सहयोग गरेर प्रदेशलाई संकटतर्फ जानबाट जोगाएको बताए ।

मुलुकमा धार्मिक सदभावमा खलल पु¥याउने र साम्प्रदायिक सदभाव र आपसी सम्बन्धलाई बिथोल्ने प्रयासहरु भइरहेको प्रति सबै सचेत बन्नुपर्ने अवस्था आएको नेता पौडेलको भनाइ छ ।

नेपालीहरूबीच लामो समयदेखिको धार्मिक एकता र सदभावलाई मान्दै पर्वहरु मनाउन सबैलाई आग्रह गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित