रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

कृषिबाटै समृद्धि हासिल गर्न सकिन्छ- लिला गिरी

बुटवल । निवर्तमान मुख्यमन्त्री तथा यसक्षेत्रका प्रदेश सभा सदस्य, एमाले संसदीय दलका नेता लिला गिरीले कृषिबाटै आयात घटाउने, निर्यात् बढाउने र त्यसैका माध्यमबाट समृद्धि हासिल गर्न सकिने सम्भावना रहेको बताएका छन् ।

यसक्षेत्रको अब्बल र उत्कृष्ट सामूहिक विकास बचत तथा ऋण बहुउद्देश्यीय सहकारीको साधारणसभाको उद्घाटन गर्दै नेता गिरीले तीन खम्बे अर्थनीति र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

कैयन सहकारी तथा वित्तीय संस्थाहरुमा अपचलन भएका, सञ्चालकहरु भागेका, कालो सूचिमा परेका र जनताको बचतको दुरुपयोग भइरहेको गुनासो सुनिएको बताउँदै नेता गिरीले सामूहिक सहकारी भने अलग पहिचानका साथ सुरक्षित र स्तरीय वित्तीय संस्थाका रुपमा स्थापित भएको उल्लेख गरे ।

‘नेपालको दिगो र प्रमुख निर्यातजन्य वस्तु कृषि उत्पादन नै हो । यस क्षेत्रमा नेपालको कुल जनसंख्याको ठूलो जनशक्ति आश्रित छ ।

यद्यपि, केही वर्षदेखि किसान यस क्षेत्रबाट पलायन हुँदै सेवा र औद्योगिक क्षेत्रको रोजगारीमा भौँतारिन थालेका बेलामा राज्यले नै स्पष्ट नीति बनाएर कृषिको विकासमा ध्यान दिनुपर्छ, कृषिबाटै उत्पादन बढाउने, सहकारीका माध्यमबाट बजारीकरणको प्रबद्र्धन गर्ने, रोजगारी बृद्धि गर्ने जस्ता कैयन सफल उद्यम गर्न सकिन्छ’ नेता गिरीको भनाइ छ ।

कृषि क्षेत्रको प्रभावकारी विकासका लागि हाम्रो साधन र स्रोतलाई पूर्ण रूपमा परिचालन गर्न कृषि अनुसन्धान एवं विस्तार र स्रोतहरूको प्रभावकारी प्रयोग गर्ने योजनालाई कार्यान्वयन गर्नुपर्ने नेता गिरीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित