लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु ३२ औँ संस्करणको प्रदेशस्तरीय ‘न्यू होराइजन क्वीज’ शुक्रबारदेखि हुँदै फुलबारीमा ५ लाख बढिले गरे अवलोकन तिलोत्तमामा मंसिर १५ देखि व्यापार मेला बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’ श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट                
समाचार :

एमाले रुपन्देहीले असोज २९ सम्म सदस्यता नवीकरण गर्ने

नेकपा एमाले रुपन्देहीले यसअघि सदस्यता नवीकरणमा छुटेका कार्यकर्तालाई असोज २९ सम्म समावेश गर्ने भएको छ ।

बिहीबार बसेको सचिवालय बैठकले पार्टी सदस्यता नवीकरण गर्ने समय असोज २९ सम्मलाई थप गर्दै जिल्ला अधिवेशनको मिति अर्को बैठकले गर्ने निर्णय गरेको अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए ।

बैठकमा पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज दलबहादुर रानाले बाह्य शक्तिहरु नेपालको आन्तरिक राजनीतिमा खेल्न खोजेको र यसका लागि यो सरकार सहयोगी रहेको आरोप लगाएका थिए ।

उनले अहिलेको राजनैतिक तथा आर्थिक संकटबाट मुक्त हुने कुनै उपाय यो सरकारसंग नरहेकोले सरकारबाट धेरै आशा गर्न सकिने अवस्था नरहेको बताए ।

अर्का पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले पार्टी जीवनलाई संगठित गर्दै चलायमान गराउन सबै कार्यकर्ता जनतासँग र सबै नेता कार्यकर्तासंग जाने गरी कार्यक्रम बनाउन आग्रह गरे ।

सो बैठकमा लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रीय सदस्य गोमादेवी आचार्य र उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले पनि सुझाव दिएका थिए ।

बैठकले चाडवाड लक्षित कार्यक्रम शुभकामना आदानप्रदान कार्यक्रम कात्तिक १८ गते पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा गर्ने, तिहारमा सवै तहमा देउसी भैलोको कार्यक्रम गर्ने निर्णय गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित