रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

मेयर पाण्डेलाई मञ्चमा राखेर क्षेत्रिय सभापतीका लागि फर्सुराम ढकालले गरे उम्मेदवारी घोषणा

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ को सभापती चयनमा सहमती नभएपछि संस्थापन पक्ष र ईतर पक्ष दुवैले उम्मेदवार खडा गरेका छन् ।

स्थानिय तहको निर्वाचनमा उम्मेदवार सिफारिसको विषयलाई लिएर असन्तुष्ट हुंदै सभापती हरी लम्साल ०७९ बैशाख ९ गते साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएका थिए ।

उक्त पद १८ महिना देखि रिक्त छ । बुधबार बुटवलमा शेखर कोइराला समुहले बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको उपस्थितीमा फर्सुराम ढकाललाई सभापतीको उम्मेदवार बनाउने घोषणा गरेको छ ।

सहमतीको प्रयास विफल भएपछि सभापती पदका लागि ढकाललाई अगाडि सारिएको कोइराला पक्षको भनाई छ ।

सो अवसरमा ढकालले पार्टीलाई एकताबद्ध, गतिशिल र आउंदो निर्वाचनमा बढि भन्दा बढि सिट ल्याउने योजना सहित आफु सभापतीमा उठ्न लागेको बताए ।

पार्टी भित्र रहेका असन्तुष्ट हटाउने र पार्टीलाई साझा बनाउने आफ्नो प्रमुख भुमिका हुने उनको भनाई छ ।

असोज २७ गते हुने सभापती निर्वाचनमा ६७२ प्रतिनिधीले मतदान गर्नेछन् ।

संस्थापन पक्षबाट भने प्रजापाल गिरी सभापतीको उम्मेदवार बन्ने सम्भावना बढि छ । यद्यपी औपचारिक निर्णय भने उक्त पक्षबाट गराइएको छैन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित