भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

बुटवलमा नीतिगत भ्रष्टचार बढ्यो, नगरप्रमुखले बहुमतको दम्भ देखाए–अध्यक्ष ज्ञवाली

बुटवल । बुटवल उपमहानगरपालिका भित्र नीतिगत भ्रष्टचार बढेको नेकपा एमाले बुटवल नगरकमिटिले बताएको छ।

नगरकिमिटिले पत्रकार सम्मेलन गर्दै अहिलेको उपमहानगरपालिकाको नेतृत्व टिमले बुटवललाई नयाँ गतिमा अगाडि बढाउनुको साटो पछाडि पोर्न काममा केन्द्रीत भएको बताएको छ । एमाले बुटवल नगरकिमिटिका अध्यक्ष किशन ज्ञवलाीले नगरप्रमुखको कार्यशैली स्वच्छेचारी भएको भन्दै नगरप्रमुख खेलराज पाण्डेयले जनताका एजेण्डालाई समेत राजनीतिककरण गरेको आरोप लगाए ।

नगरप्रमुख पाण्डेयले कुनै पनि विकास निर्माण, योजना तर्जुमालाई राजनितीक आंखाले हेर्ने गरेको र एमालेमा आस्था राख्नेहरुले कुनै पनि योजना ल्याए त्यसलाई कार्यान्वयनै नगरिदिने गरेको बताए ।

जनताका गुनासो सहितका विषय नगरप्रमुख पाण्डेयलाई ज्ञापन पत्र मार्फत बुझाए पश्चात नगरकमिटिले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ज्ञवालीले बजेट विनियोजन, योजना छनोट गर्दा पनि बहुमत र अल्पमतको धम्की दिएर तजविजमा नगरप्रमुख पाण्डेयले योजना छनोट र बजेट विनियोजन गरेको आरोप लगाए ।

२४ बुंदे ज्ञापन पत्रमा नगरकिमिटिले यस अघिका जनप्रतिनिधीहरुले ल्याएका योजनालाई आत्मसाथ नगरेको,बुटवलको योजना बद्ध तथा दिर्घकालिन विकासको अवधारणलाई बेवास्ता गरेको, सिंगो बुटवल १ विद्यालय अवधारणालाई उपेक्षा गरिएको, नन्दी गौशालामा राजनीतिक आंखाले हेरेको, सुकुमबासी समस्या समधानमा उदासिन, जनमैत्री सेवा प्रवाह नगरेको जस्ता विषयमा ध्यानआर्कषण भएको बताएको छ । अध्यक्ष ज्ञवालीले एमालेले दिने गरेका सुझावलाई नगरप्रमुखले सधै वेवास्ता गरेको भन्दै एमाले देख्न साथ नगरप्रमुख पाण्डेयलाई फोविया हुने गरेको उनले बताए ।

जननिर्वाचित जनप्रतिनिधी भएर पनि नगरप्रमुख पाण्डेयले कांग्रेसका मात्र एजेण्डालाई सधै बोकेर हिडेको समेत उनले आरोप लगाए ।

उनले उपप्रमुख सावित्रादेवी अर्याललाई समेत बहुमतको दम्भ देखाउंदै निर्णयमा एकलौटी गरेको बताए । साथै उनले कर्मचारीलाई समेत हतोसाहित हुने व्यवहार गरेको र त्यहि कारण कतिपय कर्मचारीहरुले राजिनामा समेत दिनु परेको बताए ।

बुटवललाई व्यवस्थित र उज्यालो शहरको रुपमा विकास गर्नुको सट्टा सडक बत्तीको लाईन काट्ने, हाटबजार र ठेला व्यवसायीका मागमा वेवास्ता गर्ने, करार कर्मचारीलाई राजनीतिक आस्थाका कारण हटाउने जस्ता गैर जिम्मेवारी कार्य पनि नगरप्रमुख पाण्डेय बाट भएको भन्दै यस्ता गतिविधि तुरुन्त रोकेर जनताको पक्षमा काम गर्न उनले आग्रह गरे ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित