लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेशिन जडान सुरु ३२ औँ संस्करणको प्रदेशस्तरीय ‘न्यू होराइजन क्वीज’ शुक्रबारदेखि हुँदै फुलबारीमा ५ लाख बढिले गरे अवलोकन तिलोत्तमामा मंसिर १५ देखि व्यापार मेला बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’ श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट                
समाचार :

एमसीसी विरुद्ध बुटवलमा मार्चपास तथा सांस्कृतिक

नेपाल कम्युनिष्ट पार्टीले एमसीसीविरुद्ध बुटवलमा मार्चपास तथा सांस्कृतिक कार्यक्रम गरेको छ । सरकारले एमसीसी कार्यान्वयनका लागि हस्ताक्षर गरी काम सुरु गरेको बिरोधमा नेकपाले मंगलबार बुटवलमा मार्चपास तथा सांस्कृतिक कार्यक्रम गरेको हो ।

नेकपाको केन्द्रीय कार्यक्रम अन्तर्गत बुटवलमा विरोध कार्यक्रमको आयोजना गरिएको नेकपा रुपन्देही इन्चार्ज बिरेन्द्र सीले बताए । जेसिसचोकबाट शुरु भएको मार्चपास नयां बसपार्कमा पुगेर सभा तथा सांस्कृतिक कार्यक्रम गरिएको थियो ।

सामना परिवारका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गर्दै एमसीसी खारेजको बिरोध गर्दै देशमा विदेशी हस्तक्षेप बढेको चिन्ता गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै नेकपाका पोलिटव्यूरो सदस्य चिरन पुनले विकाससंग जोडिएर आएको एमसीसीसंगै युद्व जोडिएर आएको बताए । उनले कम्युनिष्ट विचार नहाचाने अमेरिकी साम्राज्यवादबिरुद्व देशभक्त जनता एकजुट हुनुपर्नेमा जोड दिए ।

एमसीसी परियोजनाले विकास गर्छ भनेर जनतालाई भ्रममा पारेका कांगे्रस, एमाले र माओवादीले जनबिरोधी काम गरेको आरोप लगाए । एमसीसीको खारेजी र देशमा भएको भ्रष्टाचार तथा बेथितिको अन्त्यका लागि आन्दोलन जारी राख्ने बताउंदै उनले भने – एमसीसी परियोजना मुलुकको हितमा छैन ।

सामना परिवारका संयोजक आरोह सीले विकासको नाममा एमसीसी ल्याएर यो सरकारले विदेशी हस्तक्षेप बढाएको बताए । कांगे्रस, एमाले एमाओवादीका गलत कामले जनतामा राजनीतिक दलप्रति निरासा छाएको बताउंदै आन्दोलन र क्रान्तिप्रनि जनताको चासो घड्दै गएको बताए । एमसीसी परियोजनाले नेपालमा अशान्ति ल्याउने बताउंदै एमसीसीका दलालहरुविरुद्व आन्दोलन केन्द्रित गर्ने बताउंदै उनले भने – एमसीसी नेपालको लागि चाहिदैन ।

लप्सीफेदीदेखि भएको मार्चपास तथा सामना सांस्कृतिक कार्यक्रम, नुवाकोट, धादिङ, तनहु, पाल्पा हुंदै बुटवलमा पनि मार्चपास गरिएको नेकपा रुपन्देही सेक्रेटरी बिरेन्द्र सीले बताए ।
सामना परिवारका कलाकारहरुले हुदैन एमसीसी हुंदैन, जहां टेक्छ अमेरिका त्यहां हाहाकार । संघर्षमा अधि बढौं, हुनेछ भन्थे जनतालाई शुख लोकतन्त्र आएसी, मेरो देश रुंदा तिमी कसरी देशभक्त भयौ र भन्ने जस्ता गीत र नृत्य प्रस्तुत गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित