रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

नेकपा एस ओमसतिया गाउँ कमिटि सबै वडामा पुग्ने

रुपन्देही। नेकपा (एकिकृत समाजवादी) पार्टी ओमसतिया गाउँकमिटी रुपन्देहीको बैठकले संगठन विस्तारलाई कार्ययोजनाका साथ अघि बढाउने निर्णय गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य सिद्धिचरण भटराईको प्रमुख आतिथ्यता तथा पालिका कमिटी अध्यक्ष चिरन्जीवि पाण्डेको अध्यक्षतामा बसेको बैठकले पार्टीलाई सबै वार्डमा विस्तार गर्ने कार्ययोजना बनाएको हो ।

बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य भट्टराईले नेपाली क्रान्तिलाई समाजवादसम्म डोर्याउन सक्ने वैचारिक हतियार बोकेर पार्टी अघि बढेको बताउँदै सबैलाई दृढतापूर्वक पार्टी काममा लाग्न आग्रह गरे ।

बैठकलाई अर्का केन्द्रिय सदस्य वावुलाल यादवले नेपालमा सबै भन्दा स्वच्छ छविका नेताहरु रहेको पार्टी भनेर नेकपा एसलाई लिने गरेको सन्दर्भ उल्लेख गर्दै पार्टीले भ्रष्टाचार बिरुद्ध गाउँदेखि शहर सम्म अभियान चलाउन पार्टी कमिटीलाई आग्रह गरे ।

बैठकलाई कावा पार्टी अध्यक्ष श्रीराम यादव, प्रदेश कमिटी सदस्य इन्द्रजित यादव, कृष्ण भुसाल, मुक्ति चौधरी लगायतले सम्बोधन गर्दै पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउनुपर्ने बताए बैठकले हरेक वडाको कार्यविभाजन गर्दै असौज मसान्तसम्म संगठनलाई व्यवस्थित पार्ने प्रस्ताव पारित गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित