३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

लुम्बिनी प्रदेशसभा बैठकमा निजामती कर्मचारी विधेयकको प्रतिवेदन पेश

लुम्बिनी प्रदेशसभाको बिहीबार बसेको २४ औं बैठकमा ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’काे प्रतिवेदन पेश भएको छ।

प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाखर पाण्डेयले विधेयकका विषयमा बनेको प्रतिवेदन सभामा पेश गरे।

यसअघि विधेयकमा दफाबार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाएको थियो। समितिले उपसमिति गठन गरेर साय सुझाव समेत संकलन गरेको थियो। सुझावको आधारमा प्रतिवेदन तयार पारिएको थियो।

सभामा प्रतिवेदन पेस भएको २४ घण्टापछि बस्ने अर्काे बैठकले विधेयक पास गर्न सक्ने प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिए। विधेयक पास गर्नको लागि अर्काे बैठक कुर्नुपर्ने देखिएको छ ।

यस्तै, बैठकमा विभिन्न विषयगत समितिका सदस्यहरूको नाम हेरफेरसम्बन्धि जानकारी दिइएकाे छ भने प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयकबारे सभामुख तुलाराम घर्तिमगरले जानकारी गराएका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित