कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

एमाले लुम्बिनी प्रदेश अध्यक्ष हारेका रिजालको केन्द्रीय सदस्य गुम्यो

नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्ष पदमा पराजित भएका हरि रिजालको केन्द्रीय सदस्य पनि गुमेको छ।

एमालेको विधान अनुसार कुनै पनि कमिटीको पदाधिकारी, सदस्य रहेको व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्यको उम्मेदवार भएमा स्वतः पद रिक्त हुन्छ।

त्यहीअनुसार केन्द्रीय कमिटी सदस्य रहेका रिजाल प्रदेश अध्यक्षको उम्मेदवार भएकाले उनको पद रिक्त रहेको हो।

विधानको धारा ६७ को (४) मा यो व्यवस्था छ।

‘कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्य पदमा उम्मेदवार भएमा पद रिक्त भएको मानिने छ,’ विधानको धारा ६७ (४) मा उल्लेख छ।

पदेन सदस्यको लागि यो व्यवस्था लागू नहुने विधानमा उल्लेख छ। भदौ १४ गते बसेको संगठन विभागको बैठकमा रिजालको केन्द्रीय सदस्य रिक्त हुने विषय उठेको थियो। त्यतिबेला महासचिव शंकर पोखरेलले रिजाल प्रतिनिधि मात्रै चुनिएको, उम्मेदवार बनेपछि रिक्त हुने बताएका थिए।

मंगलबार भएको लुम्बिनी प्रदेशको अधिवेशनमा रिजाल २ मतले अध्यक्षमा पराजित भएका थिए। उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव पोखरेलको समर्थन थियो।

प्रदेश अध्यक्षमा उपाध्यक्ष विष्णु पौडेल पक्षका राधाकृष्ण कँडेल ४७९ मत ल्याएर प्रदेश अध्यक्ष निर्वाचित भएका थिए। प्रतिस्पर्धी रिजालको ४ सय ७७ मत ल्यायो। एमालेमा प्रदेश अध्यक्ष पदेन पोलिटब्युरो सदस्य हुने व्यवस्था छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित