भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

एमाले लुम्बिनी प्रदेश अधिवेशन : मत गणना सुरु

बुटवल : एमाले लुम्बिनी प्रदेश अधिवशनमा नँया नेतृत्व चयनका लागि मत गणना सुरु भएको छ। मङ्गलबार भएको मतदानमा एक हजार ४ जना मतदातामध्ये नौ सय ६५ जनाले मतदान गरेका थिए।

मतदानको समय बिहान ८ बजेदेखि दिँउसो १ बजेसम्मको समय तोकिएको भएपनि २ बजे मात्र मतदान सम्पन्न भएको थियो।

सकभर मत गणना आजै सम्पन्न हुने गरि काम भइरहेको निर्वाचन समितिले जनाएको छ।

गत शुक्रबार देखि सुरु भएको अधिवेशनमा अध्यक्ष पदका लागि सहमती नजुटेपछि पार्टी अध्यक्ष केपि शर्मा ओलीको निर्देशन विपरित निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजालले उम्मेदवारी दर्ता गराएर चुनावी मैदानमा उत्रिएका छन्।

यस्तै, उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ र विश्वराज बराल, बाँकेका पुजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वली चुनावी मैदानमा छन्। सचिवमा लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन्।

उपसचिव पुरुषतर्फ एक पदका लागि रुकुम पूर्वका उपेन्द्रलाल कामी, रोल्पाका पूर्ण बुढामगर र बाँकेका दुर्गाप्रसाद थारू छन्।

त्यस्तै उपसचिव महिलातर्फ एक पदका लागि बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बर्दियाकी लीला राना मगर छन्।

कुल १ हजार ४ प्रतिनिधि सहभागी अधिवेशनबाट २०५ सदस्यीय प्रदेश कमिटी बन्ने छ।

लुम्बिनी प्रदेशको यो अधिवेशनलाई एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल र महासचिव शंकर पोखरेलको शक्तिको लडाइँको रूपमा लिइएको छ।

महासचिव पोखरेलले केन्द्रीय सदस्य समेत रहेका रिजाललाई समर्थन गरेका छन् भने उपाध्यक्ष पौडेलले वर्तमान अध्यक्ष कँडेललाई समर्थन गरेका छन्।

पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीसँगै केन्द्रीय सदस्यहरू चेतनारायण आचार्य, भूमिश्वर ढकाल र शिव सुवेदी रिजालको पक्षमा खुलेका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित