रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

एमाले प्रदेश अधिवेशन : आज निर्वाचन प्रक्रिया सुरु हुँदै

नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनको बन्दसत्रमा आइतबार निर्वाचन प्रक्रिया सुरु हुँदैछ । निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेलले शनिबार साँझ प्रस्तुत गरेको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमाथिको छलफल सकेर बिहान ११ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने छ ।

प्रथम अधिवेशनको बन्दसत्र बुटवलको रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सभाहलमा शनिवार साँझ ८ बजेपछि सुरु भएको थियोे ।

बन्द सत्रले वर्तमान प्रदेश कमिटी विघटन गरेर एमाले केन्द्रीय सचिव एवं लुम्बिनी इन्चार्ज पद्मा अर्यालको अध्यक्षमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्य सम्मिलित ९ सदस्यीय अध्यक्ष मण्डल बनाएको छ ।

अध्यक्ष मण्डलमा स्थायी कमिटी सदस्य कांशीराज अधिकारी, दलबहादुर राना, पुष्पराज कँडेल, पोलिटब्युरो सदस्य सूर्य थापा, नरुलाल चौधरी, शान्ता चौधरी, केन्द्रीय सदस्य सावित्रा अर्याल र सरिता खनाल रहेका छन् ।

लुम्बिनी प्रदेशका १ सय ९ स्थानीय तहबाट छानिएर आएका १ हजार ४ प्रतिनिधि सहभागी अधिवेशनले शनिबार प्रस्तुत गरेको प्रतिवेदनमाथि आइतबार विहान ८ बजेदेखि छलफल सुरु भएकाे छ ।

छलफल सकिएपछि आइतबार नै ११ बजेपछि निर्वाचन प्रक्रिया सुरु गरी सकेसम्म आइतबार नै निर्वाचन सम्पन्न गर्ने गरी तयारी भइरहेको निवर्तमान प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले बताए ।

अधिवेशनले २ सय ५ सदस्यीय प्रदेश कमिटी चयन गर्ने छ । अधिवेशनमा पाल्पाका राधाकृष्ण कँडेल र प्यूठानका हरि रिजाल अध्यक्षका आकांक्षी छन् । यसअघि अधिवेशनको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सचिवालयमा सहभागी नेताहरुलाई निर्देशन दिएका थिए ।

केन्द्रीय सचिवालयमा उपाध्यक्ष युवराज ज्ञवाली, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट, छविलाल विश्वकर्मालगायतका नेता छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित