कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

शंकर पोखरेल समूहका नेता जिताउनका लागि गुटबन्दी गरेर मलाई रोके–हजरल बेलाल

  • प्रतिनिधि छनोटमै ‘गुटबन्दी’
  • नेकपा एमाले लुम्बिनी प्रदेशको प्रतिनिधि छनोटमा रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका नेता हजरल बेलाल राजुले प्रतिनिधि छनोटमा गुटबन्दी गरी आफूलाई पाखा लगाएको गुनासो गरेका छन्।

    प्रदेश कमिटी सदस्यसमेत रहेका बेलाललाई सर्वसम्मत प्रतिनिधि छनोट गर्ने नाममा अबेरसम्म पर्खाएर भदौ ९ गते शनिबार प्रतिनिधि घर फर्केपछि निर्वाचन गराएर पाखा लगाएको भन्दै गुनासो गरेका हुन्। शनिबारदेखि बुटवलमा सुरु हुन गइरहेको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा आफूलाई केन्द्रीय सदस्य तथा लुम्बिनी सा‌ंस्कृतिक नगरपालिका इन्चार्ज सावित्रा अर्यालले पार्टीको विधि, विधान मिचेर प्रतिनिधि हुनबाट रोक लगाएको बेलालको आरोप छ।

    उनले भदौ ९ गते ३ जना प्रतिनिधि छनोट गर्नुपर्नेमा निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारको मनोनयन दर्ता भएपछि बदर उम्मेदवारका रूपमा सूचना जारी गरेकाहरुलाई समावेश गरी आफूलाई कुनै नेताको नजिक भएको नाममा रोकिएको गुनासो गरेका छन्।

    ‘म उपाध्यक्ष विष्णु पौडेल र नेता खिमलाल भट्टराईलाई चिन्छु। लुम्बिनीमा एमाले बनाउन मैलै धेरै योगदान गरेको छु’, ०७४ सालका एमालेका तर्फबाट रुपन्देही क्षेत्र ५ ख का प्रदेशसभाका उम्मेदवारसमेत रहेका बेलालले दुःखेसो पोखे, ‘केन्द्रीय सदस्यले पार्टीको विधानविपरीत गएकाले त्यसको जवाफ केन्द्रीय नेतृत्वले दिनुपर्छ।’

    महासचिव शंकर पोखरेल समूहका नेता जिताउनका लागि गुटबन्दी गरेकाले आफूलाई रोकिएको हुनसक्ने उनको भनाइ छ। लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट ३ जना प्रतिनिधि निर्वाचित भएका छन्।

    खुलाबाट अब्दुल रहमान मुसलमान, दलितबाट कल्पना हरिजन र महिलाबाट सहिदुन निशा निर्वाचित भएको संयोजक टीकाकुमारी कट्टेलले जानकारी दिइन्। प्रतिनिधिहरू घर फर्किएपछि निर्वाचन गराउँदा आफूलाई नियोजित रूपमा अब्दुल रमानसँग पराजित गराइएको बेलालको गुनासो छ। सहिदुन निशाको भने प्रतिनिधि छनोटको दाबीविरोधको नतिजामा समर्थकको नाम जुधेको भन्दै नामावली बदर भएको थियो।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित