भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

समाजवादी मोर्चाले आज बुटवलमा सभा गर्दै

समाजवादी मोर्चाले मंगलबार लुम्बिनी प्रदेशको बुटवलमा सभा आयोजना गर्दै छ।

आज दिउँसो १ बजेबाट सभा सुरू हुने सभामा शीर्ष नेताले सम्बोधन गर्ने जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य राजकिशोर साहले जानकारी दिए।

बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जसपाका केन्द्रीय कार्यकारिणी सदस्य राजकिशोर साहले सम्बोधन गर्ने कार्यक्रम छ।

जसपा अध्यक्ष उपेन्द्र यादव भारतमा रहेकाले राजकिशोरले सम्बोधन गर्न लागेका हुन्।

बुटवलको सभाको व्यवस्थापन नेकपाले गर्ने जसपा नेता राजकिशोरले जानकारी दिए।

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड दिउँसो १ बजे बुटवल पुग्ने कार्यक्रम रहेको छ। अरू नेताहरू भने बिहान १० बजे पुग्ने राजकिशोरले बताए।

समाजवादी मोर्चाको यो सन्देश सभा हो। मोर्चाले सातै प्रदेशमा यस्तो सन्देश सभा गर्दै छ।

भदौ ८ गते वीरगञ्जमा सभा गरेको थियो। मोर्चाले धनगढीमा १३ गते, सुर्खेतमा १४ गते, पोखरामा १५ गते सभाको तयारी गरेको छ। त्यस्तै हेटौडामा २३ गते र विराटनगरमा भदौ २५ गते सभा गर्ने तयारी रहेको समाजवादी मोर्चाले जानकारी दिएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित