कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

लुम्बिनीका मुख्यमन्त्री चौधरी र उपाध्यक्ष डा. लामा बीच भेटवार्ता

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र लुम्बिनी विकास कोषका उपाध्यक्ष  प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामा विच शनिबार भेटवार्ता भएको छ ।
साउन १६ गते मन्त्रिपरिषदबाट ५ वर्षका लागि उपाध्यक्षमा नियुक्त भएपछि बृहत्तर लुम्बिनी क्षेत्रको विकासका बिषयमा प्रदेश सरकारसँग सहकार्य गर्ने बिषयमा मुख्यमन्त्री चौधरीसँग उपाध्यक्ष लामाले भेटवार्ता गरेका हुन ।
लुम्बिनी स्थित होक्के होटलमा करिब एक घन्टाको भेटवार्तामा ४७ वर्ष अघि सुरु भएको लुम्बिनी गुरुयोजना कार्यान्वयन र  गुरुयोजनाको बाँकी काम पूरा गर्ने सन्दर्भमा छलफल भएको उपाध्यक्ष लामाले बताए ।
भेटमा उपाध्यक्ष लामाले बृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि प्रदेश सरकारसँग सहकार्यका लागि आग्रह गरेका थिए ।
त्यस्तै लुम्बिनी बुद्धपथसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देबदह, रामग्राम, अरौराकोट, सगरहवा, सिसहनिया, लगायतका क्षेत्रलाई धार्मिक पर्याटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्यको साथ अगाडि बढेको उपाध्यक्ष डा.लामाले भेटमा मुख्य मन्त्री चौधरीलाई जानकारी गराए ।

भेटमा मुख्मन्त्री चौधरीले भने यस क्षेत्रको धार्मिक, पर्यटकीय, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक महत्वका स्थानको पहिचान, संरक्षण, संवद्र्धन तथा व्यवस्थापनमा टेवा पुर्याउनका लागि प्रदेश सरकार तत्तपर रहेको बताए । मुख्यमन्त्रीले बुद्धजन्मस्थल लुम्बिनी नेपालकै गौरव भएकाले यसको विकासमा हातेमालो गरेर अगाडि बढ्ने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित