निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

एमालेको लुम्बिनी प्रदेश अधिवेशनका लागि १०९ वटै पालिकाबाट प्रतिनिधि छनोट सर्वसम्मत

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको भदौ १६ र १७ गते बुटवलमा हुने प्रथम अधिवेशनका लागि आज प्रतिनिधि छनौट सम्पन्न भएको छ । प्रदेशमा रहेका १०९ वटै पालिकामा र सबै जनसंगठनबाट गरी एकहजार ४ जना प्रतिनिधि सर्वसम्मतरुपमा छनोट गरिएको हो ।

यसैक्रममा रुपन्देहीका बुटवल, तिलोत्तमालगायत १६ वटै पालिकाबाट सर्वसम्मत प्रतिनिधिहरु छानिएको एमाले जिल्ला प्रचार विभाग प्रमुख हितराज पन्थीले जानकारी दिए । बुटवल उपमहानगरका १९ वटा वडाबाट खुल्लातर्फ ३२ जना प्रतिनिधि प्रदेश अधिवेशनका लागि छानिएका छन् । त्यस्तै महिलातर्फ १५ जना र दलिततर्फ ४ जना प्रतिनिधि छनोट गरिएको एमाले प्रदेश प्रचार विभागका प्रमुख डिआर घिमिरेले जानकारी दिए ।

त्यस्तै तिलोत्तमा नगरपालिकाबाट खुलातर्फ २० जना, महिलातर्फ ९ जना र दलिततर्फ एकजना गरी ३० जना प्रतिनिधि छानिएको एमाले नगर कमिटीले जानकारी दिएको छ । सिद्धार्थनगर नगरपालिकाबाट खुलातर्फ ५ जना, महिलातर्फ २ जना, दलिततर्फ एकजना र पेशागततर्फ २ जना प्रतिनिधि छानिएका छन् । त्यस्तै देवदह नगरपालिकाबाट खुलातर्फ ६ जना, महिलातर्फ ३ जना र दलिततर्फ २ जना प्रतिनिधि छानिएका छन् ।

आकांक्षी धेरै भएपनि सबै ठाउँमा सर्वसम्मत प्रतिनिधि चयन भएको घिमिरेले जानकारी दिए । “यो नेतृत्वप्रतिको विश्वास पनि हो, यसपल्ट अधिकांश युवा पनि प्रतिनिधिको रुपमा छानिएका छन्, यसले पार्टीलाई नयाँ गति दिने आशा गर्न सकिन्छ”–उनले भने । एमालेले यो पटकदेखि सबै सहभागी प्रतिनिधिलाई भूगोलबाट नै अनिवार्यरुपमा निर्वाचित भएर आउनुपर्ने विधि तय गरेकाले र सबै क्षेत्रमा एकैपटक प्रतिनिधि छान्ने समय तोकेकाले पनि सबैलाई आफ्नो भूगोलमा केन्द्रित गरेर प्रतिनिधि छनोट गरिएको एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले बताए ।

अधिवेशन बुटवल १० रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सभाहलमा हुँदैछ । अधिवेशनमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतका नेताहरु आउने निश्चित भइसकेको छ ।

प्रदेश कमिटी सदस्य मोहन चापागाईले प्रादेशिक संरचनामा हुन लागेको पहिलो अधिवेशन भएकाले पनि नमुना ढंगले अधिवेशन पूरा गर्नुपर्ने र सबैको चासो बढेको बताए । उनले अधिवेशन प्रतिनिधिलाई खानाको व्यवस्था गरिएपनि होटलको व्यवस्थापन आफैले गर्नुपर्ने नियम बनाइएको बताए ।

अधिवेशनको सन्दर्भमा प्रचार विभागले सम्पादकहरुसंग मिडियामार्फत् सहयोगको लागि अन्तक्र्रिया गर्ने, १४ गते पत्रकार सम्मेलन गरेर तयारीका बारेमा जानकारी दिने, उदघाटनको दिन पार्टीको वेभसाइटसहित न्युज पोर्टल लुम्विनी सन्देश डट कमको सार्वजनिक गर्ने, वेभसाइटका लागि तयारी गर्ने प्रचार विभाग प्रमुख घिमिरेले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित