रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

विज्ञान प्रबिधिको शिक्षा नै अहिलेको आवश्यकता – अोली

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान प्रबिधिको शिक्षा नै अहिलेको आवश्यकता भएको बताएका छन् ।

अनेरास्ववियु रुपन्देहीको आयोजनामा २०७९ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई भर्चुवल रुपमा सम्मान गर्दै अध्यक्ष ओलीले अहिलेको आबश्यकता भनेको नै बिज्ञान प्रविधि भएको हुंदा प्राबिधिक शिक्षमा जोड दिनुपर्ने बताए । उनले विज्ञान प्रबिधिको माध्यमबाट उपयुक्त ढंगबाट अध्ययन अध्यापन गर्न सकिने बताए ।

विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न विदेश जानुपर्ने वाध्ययताको अन्त गरी नेपालमा उच्च शिक्षा हासिल गर्ने बताबरण मिलाउनु पर्ने बताए । नेकपा एमालेको सरकाले शिक्षामा नयां सोंच ल्यार अगाडी बढेको दाबी गर्दै अहिलेको सरकारले शिक्षा क्षेत्रमा कुनै पनि खालको परिवर्तन गर्न नसकेको आरोप बताए ।

कार्यक्रममा बोल्दै अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बरालले अनेरास्ववियुले देशभर नै एसईई परीक्षामा उत्कृष्ण नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको बताए । उनले अनेरास्ववियु विद्यार्थीको हक हितका निम्ती निरन्तरण लडने संगठन भएको बताउंदै शिक्षा क्षेत्रलाई बलियो बनाउन देशभर बिभिन्न खालका कार्यक्रमहरु गर्दै आएको बताए ।

कार्यक्रममा नेकपा एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसी, अनेरास्ववियुका स्थायी कटिटी सदस्य लेखनाथ खनाल, अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञावाली, नेकपा एमालेका नेता ऋषि पाण्डे, बाबुराम पन्थी, किसन ज्ञावाली, राजेन्द्र ढकाल ,युवराज घिमिरे, एम पाण्डे, सरोज पोखरेल, साजन भण्डारी, बालकृष्ण पाण्डे शेषकान्त पोखरेल लगायतले बोलेका थिए ।

अनेरास्ववियु रुपन्देही अध्यक्ष रमेश ढकालको अध्यक्षयता, उपाध्यक्ष भरत अर्यालको स्वागत र सचिव प्रकास पराजुलीको सन्चालनमा कार्यक्रम भएको हो । कार्यक्रममा सामुदायिक र नीजि बिद्यालयका गरी छ सय बिद्यार्थीलाइ सम्मान गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित