निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

प्रधानमन्त्रीको अभिव्यक्तिले जनादेशको अपमान भयो– एमाले नेता भट्टराई

बुटवल । नेकपा एमालेका पोलिट ब्युरो सदस्य खिमलाल भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न भारत जानुपर्छ भन्ने अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वतन्त्रताको ध्वज्जी उडाएको बताएका छन् ।
बुधबार नेकपा एमाले रुपन्देही जिल्ला कमिटी द्वारा आयोजित स्ववियु निवार्चनमा अनेरास्ववियुको तर्फबाट निवाचीत पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै भटराइले प्रधानमन्त्रीको अभिव्यक्तिले जनादेशको अपमान गरेको बताए ।
साथै उनले नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बस्नु उपयुक्त नहुने समेत बताए । आफूलाई नेपालको संसदले होइन, दिल्लीले प्रधानमन्त्री बनाएको अर्थ लाग्ने प्रधानमन्त्रीको अभिव्यक्ति सामान्य नभएको भन्दै उहांले राजनीतिक, नैतिक हिसाबले प्रधानमन्त्री पदमा बसिरहने आधार प्रचण्डले गुमाएको उनले बताए ।
साथै उनले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन बाट विजयी स्ववियूले क्याम्पसको शैक्षिक र भौतिक सुधारका साथै विद्यार्थीहरुको अधिकारलाई स्थापित गर्न लाग्नुपर्नेमा जोड दिए ।


प्रधानमन्त्री दाहालले काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह दिल्ली गएको अभिव्यक्ति दिएका थिए । कार्यक्रममा नेकपा एमाले रुपन्देहि जिल्ला अध्यक्ष तेजेन्द्र के.सी, नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य तथा बिद्यार्थी इन्चार्ज यम पाण्डे, अनेरास्वववियुका स्थायी कमिटि सदस्य लेखनाथ खनाल, लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा रुपन्देही जिल्लाबाट स्वतन्त्र बिद्यार्थी युनियन स्ववियुमा निर्वाचित १०० जना सभापति तथा सदस्यहरुलाई सम्मान गरिएको थियो ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित