रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

लुम्बिनीमा एमालेको विरोधका बाबजुद बजेटमाथिको सैद्धान्तिक छलफल सकियो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बाबजुद लुम्बिनी प्रदेश सभामा बजेटमाथिको सैद्धान्तिक छलफल सकिएको छ ।

बजेटमाथिको सैद्धान्तिक छलफलमा प्रमुख प्रतिपक्ष दल एमालेले भने भाग लिएन ।

प्रमुख प्रतिपक्ष दलका सांसदलाई बोल्न सयम दिए पनि एमालेका प्रदेश सभा सदस्यहरूले छलफलमा सहभागिता जनाएनन् । छलफलमा सत्तारुढ दलका बैजनाथ कलवार, वसीउद्दीन खाँ, खड्गबहादुर बस्नेत र तारा थापाले सहभागिता जनाउँदै बजेटको बचाऊ गरेका थिए ।

असार १ गते सरकारले ४० अर्ब ४७ करोड ८९ लाखको बजेट ल्याएको थियो । बजेटमाथि छलफल गर्न आह्वान गरिएको बैठक ३ पटकसम्म स्थगित गरिएको थियो । बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै निर्देशनालय खारेज गर्ने निर्णयबारे अध्ययन गर्न समिति बनेको र सो आधारमा कार्यान्वयन गरिने बताए ।

मन्त्री मास्कीले सदनमा आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा बनेको विधेक पेश गरे । प्रदेश सभाको अर्को बैठक मंगलवार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित