दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

लुम्बिनीमा बजेटमाथिको छलफल आज, संशोधन गर्न विपक्षीको माग

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०–८१ को बजेट माथिको छलफल आज हुँदैछ । आज १ बजे बस्ने प्रदेशसभा बैठकमा बजेटमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बजेटमाथि धेरैको असन्तुष्टि बढेपछि असार १० गतेको बैठक स्थगित गरिएको थियो । त्यसपछि १३ गतेको लागि बैठक बोलाइए पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले संशोधनको माग राख्दै बैठक अवरुद्ध पारेको थियो

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि असार १ गते ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट ल्याएको थियो । समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश बनाउने मुख्य लक्ष्यसहित बजेट आएको छ । सरकारले बजेट प्रदेशसभामा प्रस्तुत गरेको करिब दुई साता बितिसक्दा समेत छलफल हुन सकेको छैन ।

प्रदेश सरकारले प्रस्तुत गरेको बजेट पूर्वाग्रही र बेथिति निम्त्याउने खालको रहेको र जनमानसमा सिङ्गो सङ्घीयताप्रति नै नकारात्मक धारणा उठिरहेका बेलामा झन् नकारात्मकता थप्ने गरी आएको बजेट नागरिकको चाहनाविपरीत रहेको एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री लिला गिरी बताउँछन् ।

लुम्बिनी प्रदेशमा प्रदेश सरकारले मन्त्रालय मातहतमा रहेका निर्देशनालयहरू खारेज गर्ने निर्णयले खर्च कम हुने प्रदेश सरकारले दाबी गरे पनि एमालेले विरोध गर्दै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित