भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

राष्ट्रिय युवा सघं नेपाल रुपन्देहीको दोस्रो पूर्ण बैठकले गरेको निर्णय यी हुन !

एमालेको भातृ संगठन राष्ट्रिय युवा सघं नेपाल रुपन्देहीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।

बैठक राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय महासचिब सुमन पुरिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकले बिभिन्न खालका जिम्मेवारी बाडफाड गरेको छ । संगठनलाई विस्तार शुद्धिकरणसहित चलायमान बनाउने उद्वेश्यले कमिटिका सम्पूर्ण पदाधिकारी र सदस्यहरुको जिम्मेवारी बाडबाफाड गरिएको राष्ट्रिय युवा सघं नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष विकास बस्नेतले जानकारी गराएका छन् ।

अध्यक्ष बस्नेतका अनुसार साउन पहिलो हप्ता भित्र बुटबल उपमहानगर कमिटी, सिदार्थनगर नगर कमिटी, सैनामैना नगर कमिटी, सियारी गाउं कमिटीको अधिवेशन गरिने छ ।

त्यस्तै मायांदेवी, कञ्चन, गैडहवा गाउं कमिटीको अधिवेशन गर्ने बैठकबाट निर्णय भएको छ । दक्षिण भागमा रहेका ४ बटा पालिका लुम्बिनी, मर्चवारी, समरिमाई र कोटहिमाई गाउं कमिटीलाई भदौ महिनामा संगठन विस्तारसहित दक्षिण जाउ अभियान सन्चालन गर्ने अध्यक्ष बस्नेतले बताए । साथै संगठनले मदन जयन्तीको अवसरमा साताब्यापी रचनात्मक कार्यक्रम गर्ने निणर्य गरेको छ ।

असार १३ गते सहकारी विभाग, असार १४ गते साइवर सर्कल, असार १५ गते कृषि विभाग, असार १६ गते क्षेत्र नम्वर २, असार १७ गते क्षेत्र नम्वर १, असार १८ गते क्षेत्र नम्वर ५, असार १९ गते क्षेत्र नम्वर ३ को क्षेत्रीय कमिटीको विशेष कार्यक्रम गर्नका लागि जिम्मेवारी बाडफांड गरिएको छ ।

राष्ट्रिय युवा सघं नेपाल केन्द्रीय कमिटिले सन्चालन गरेको मिसन ग्रास रुट अन्र्तरगत मिसन नेस्ट इलेक्सन, तारकेट न्यु जेनेरेसनलाई रुपन्देही जिल्ला कमिटिले विशेष अभियानका रुपमा सन्चालन गर्ने बैठकबाट निर्णय भएको अध्यक्ष विकास बस्नेतले बताए । बैठकमा राष्ट्रिय युवा सघं नेपालका महासचिब सुमन पुरी, नेकपा एमालेका रुपन्देही सदस्य तथा युवा इन्चार्ज नकुल शाही ठकुरी, केन्द्रीय सदस्य किरण नेपाल, नवराज थापा, दिपक खड्की र दिपेश कडेल लगायतले बोलेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित