लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

भोलीबाट गुल्मीदेखि जिल्ला बाहिर चल्ने सवारी अनिश्चितकाल बन्द

राष्ट्रिय युवा संघ नेपाल गुल्मीले भोलि बिहान ५ बजे देखी अनिश्चित कालको लागि गुल्मी जिल्लाबाट बाहिर चल्ने लामो तथा छोटो दुरीका यातायात बन्द गराउने निर्णय गरेको छ । बैशाख २५ गते राष्ट्रिय युवा संघ नेपाल गुल्मी सचिवालय सदस्य तथा छत्रकोट गाउँपालिका अध्यक्ष समेत रहेका ३२ वर्षिय जीवन बाबु पन्तको गुल्मी देखी बुटवल जादै गर्दा बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ख २६१४ नम्बरको टिपरले ठक्कर दिँदा मृत्यु भएको थियो । दोषिलाई कार्वाहीको माग गदै प्रेस विज्ञप्ति जारी गरि स्तो निर्णय गरेको राष्ट्रिय युवा संघ नेपाल गुल्मीले जनाएको छ ।

घटनाको दोषिलाई कार्वाहीको माग गर्दा पाल्पा जिल्ला प्रहरीका एस.पि हेराम्ब शर्माले पडितहरुलाई धम्कीपुर्ण भाषा प्रयोग गरेको र टिप्पर चालकलाई ढाक छोप गरिएको भन्दै दोषिलाई कार्वाहिको माग गर्दै अनिश्चित कालको लागि यातायात बन्द गर्न लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ । बन्द अवधिमा अत्यावश्यक साधन बहेक सम्पुर्ण सवारी साधनहरु बन्द हुने विज्ञप्तिमा उल्लेख गरिएको छ । यदि कसैले सुचनाको बेवास्ता गरि सवारी साधन चलाएमा क्षतिको जिम्मा स्वयम् आफैले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष सुरेश भण्डारी र सचिव विमल ज्ञवालीद्धारा हस्ताक्षरित विज्ञप्तीमा सम्र्णूले सहयोग गर्न आग्रह गरेका छन । जिल्ला भित्र सबै खाले यातायात ठप्प हुने राष्ट्रिय युवा संघ नेपाल गुल्मीका अध्यक्ष सुरेश भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित