बुटवलमा शंख बजाउने प्रशिक्षण सम्पन्न जाउपोखरा आधारभूत विद्यालयमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए                
समाचार :

अर्घाखाँचीबाट विजयी एमाले सांसद टोपबहादुर रायमाझी र उनका छोरा प्रहरीको खोजी सूचीमा

नेपाल प्रहरीले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपलाई खोजीको सूचीमा राखेको छ। जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी बनाउन सघाएको आरोपमा पक्राउ अनुमति दिएसँगै प्रहरीको खोजी सूचीमा बाबु छोरा परेका हुन्।

दुवैलाई प्रहरीले खोज्न थालिसकेको छ। आजै उप राष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई समेत पक्राउ पूर्जी जारी भएको छ। उनी प्रहरीकहाँ आफैँ गिरफ्तारी दिन पुगेका छन्।

हिजोमात्र नेकपा एमालेकै नेता तथा पूर्व गृह मन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजीत राई पक्राउ परेका थिए।

टोपबहादुर रायमाझीले नक्कली शरणार्थी बनाउने गिरोहका सदस्यसँग आफ्नो सम्बन्ध रहेको अभिव्यक्ति विभिन्न मिडियामा दिएका थिए। मिडियामा आएका उनका अभिव्यक्तिले उनको संलग्नता बलियो देखाएपछि प्रहरीले अनुसन्धानका लागि ट्र्याकिङ थालेको थियो। प्रहरी स्रोतका अनुसार अहिलेसम्म रायमाझीका बाबु छोराले कति रकम बुझेका हुन् खुलिसकेको छैन।

आजै पक्राउ परेका सचिवको नक्कली शरणार्थी बनाउन सघाउने भूमिका पुष्टि भएको प्रहरीको दावी छ। साथै गृह मन्त्रालयका कर्मचारीको पनि सहयोगी भूमिका देखिएको छ। यस प्रकरणमा थप नेता तथा कर्मचारीहरु तानिने निश्चित छ।

प्रहरीको खोजी सूचीमा रहेका रायमाझी पूर्व माओवादी नेता हुन्। उनले गएको निर्वाचनमा अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनमा जित निकालेका थिए। नेकपा एमालेमा प्रवेश गरकाे पूर्व माओवादी नेतामध्ये उनले मात्र प्रतिनिधिसभा निर्वाचनमा जित निकालेका हुन्। नेकपा एमालेको दशौं महाधिवेशनबाट उनी सचिव चुनिएका हुन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित