निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

लुम्बिनी सरकारद्वारा विभिन्न अस्पतालमा पदाधिकारी तथा सदस्य नियुक्त

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले विभिन्न अस्पतालमा पदाधिकारी तथा सदस्य नियुक्त गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा अजयमान श्रेष्ठलाई नियुक्त गरेको छ।

तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले अध्यक्षमा नियुक्त गरेका सूर्यबहादुर भट्टराईलाई कुलप्रसाद केसी नेतृत्वको सरकारले हटाएपछि लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्ष पद रिक्त रहेको थियो।

मन्त्रिपरिषद् बैठकले श्रेष्ठसँगै अस्पताल विकास समितिको रिक्त रहेको सदस्य पदमा कपिलवस्तुकी लक्ष्मी खनाललाई नियुक्त गरेको प्रवक्ता मन्त्री चेतनारायण आचार्यले जानकारी दिए । लामो समयदेखि बुटवलमा रही उद्योग व्यवसायमा आबद्ध श्रेष्ठ मिडिया उद्यमी हुन् ।

त्यसैगरी विजयविराज विष्ट प्युठान अस्पतालको अध्यक्ष र राधिका खड्का सदस्य, भीम अस्पताल भैरहवा रुपन्देही सदस्यमा लक्ष्मी केसी, कपिलवस्तु अस्पताल तौलिहवा सदस्यमा शारदा चपाई, कल्पना ज्ञवाली सदस्य बर्दिया अस्पताल, सरस्वती भट्टराई पाल्पा सदस्य रामपुर अस्पताल, शशी श्रेष्ठ सदस्य पाल्पा अस्पताल तानसेन, संजिवनी अर्याल गुल्मी अस्पताल तम्घास सस्दय, सरिता पौडेल सदस्य पृथ्वीचन्द्र अस्पताल नवलपरासी, सुधा न्यौपाने रोल्पा अस्पताल रेउघालार्ई नियुक्त गरेको स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विनोद गिरीले जानकारी दिएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित