रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

दाङ राजधानी सर्दैमा बुटवल भासिँदैन, आकाश खस्दैन- विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले बुटवलबाट राजधानी सरेको विषय अब छलफल गर्न आवश्यक नभएको बताएका छन् ।

प्रदेशको स्थायी राजधानीले बुटवललाई उछिन्न नसक्ने बताउँदै पौडेलले चिन्ता नलिन व्यवसायीलाई आग्रह गरे ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रूपन्देहीको २२ औं साधारणसभाको शुक्रबार बुटवल उद्घाटन गर्दै नेता पौडेलले भने, ‘प्रदेशको राजधानी दाङ जाँदैमा बुटवल भासिन्नँ, आकाश खस्दैन । प्रयास गर्दा गर्दै राजधानी सर्‍यो । अब यसैमा रूमलिन आवश्यक छैन । अब बुटवल/रुपन्देहीलाई के गर्नुपर्छ त्यसमा छलफल चलाऔँ ।’

उपाध्यक्ष पौडेलले थपे, ‘बुटवल अब सकियो भन्ने अतिरञ्जनापूर्ण सोचाइले आफैँलाई गलाउँछन् । बुटवल चारैतिरको एक्सिस छ । यहाँका निर्माणाधीन र निर्माणसम्पन्न भएका योजनाहरू पूरा भए बुटवल आर्थिक र पर्यटनको राजधानी बन्छ ।’

पौडेलले अहिलेको मुलुकको अस्थिर राजनीतिको उपज वर्तमान सत्ता गठबन्धन रहेको आरोपसमेत लगाए ।

देशलाई अस्थिरतामा धकेल्न दलहरू हुन भन्दै सबैलाई एउटै डोकोमा हाल्न नहुने उनको भनाइ थियो ।

देशमा कुनै एउटा दलको बहुमत नआएसम्म मुलुकले स्थिरता नहुने भनेका पौडेलले अबको ५ वर्षमा हुने निर्वाचनमा एमालेले बहुमत ल्याएर स्थायित्व दिने बताए । भने, ‘वर्तमान निर्वाचन प्रणालीले अरू दललाई एकल बहुमत ल्याउन कठिन छ । तर, एमालेले आउँदो निर्वाचनमा एकल बहुमत ल्याएर देखाउँछ ।’

नेता पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय, विमानस्थल, सभाहलदेखि सम्मेलन केन्द्र पूर्ण रूपमा सञ्चालन गरेर छाड्ने बताए ।

गौतबुद्ध विमानस्थल पूर्ण क्षमतामा चलाउन नागरिक उड्ड्यन प्राधिकरणले चासो नदेखाएको पनि उनको भनाइ थियो।

होटल व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपालले बुटवलमा २ वटा केवलकार एकसाथ सञ्चालनमा आउने तयारीमा रहेको बताउँदै त्यसपछि बुटवलमा पर्यटनको ओइरो लाग्ने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित