कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

लुम्बिनी सरकार अल्पमतमा, ६ दलले फिर्ता लिए समर्थन

बुटवल । नेकपा माओवादी केन्द्र सहित ६ दलले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरेका छन् । त्यस अघि माओवादी सहित सहभागि साना दलका मन्त्रीहरुले राजिनामा दिएका थिए । माओवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा, जसपा, एकीकृत समाजवादीले मुख्यमन्त्री गिरीलाई दिएको समर्थन फिर्ता लिएका हुन्।
प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर उनीहरुले मुख्यमन्त्री गिरीलाई दिएको समर्थन फिर्ता लिइएको जानकारी गराएका छन् । यो संगै लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लिला गिरीको सरकार अल्पमतमा परेको छ । गिरीले अब एक महिनाभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्नेछ।
संघमा बनेको नयाँ गठबन्धन अनुसार माओवादी सहितका साना दलले मुख्यमन्त्री गिरीलाई दिएको समर्थन फिर्ता लिएका छन् । अब लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना छ ।
खासगरी लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले मुख्यमन्त्रीमा आफ्नो दावी भएको बताइरहेका छन् ।
लुम्बिनीमा ८७ जना सांसद छन्। नयाँ सरकार गठनका लागि ४४ सांसदको समर्थन जरुरी हुन्छ।
प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका ४र४, जनमत पार्टी र जसपाका ३र३, एकीकृत समाजवादीका १ र २ स्वतन्त्र सांसद छन् ।
लुम्बिनीका ३ स्वतन्त्र सांसदमध्ये २ जना माओवादीमा प्रवेश गरिसकेका छन् ।
गत पुस २७ मा एमालेका गिरी मुख्यमन्त्री बनेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित