कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

लुम्बिनी प्रदेश सभामा दाजु-भाइ, नन्द-भाउजू र सम्धी-सम्धिनीको रोचक उपस्थिति

बुटवल: लुम्बिनी प्रदेश सभामा १० दलका ८७ जना सांसद छन्। विभिन्न भूगोल, जातजाति, धर्मावलम्बीहरूको प्रतिनिधित्व हुने गरी सांसदहरूको उपस्थिति छ।

रोचक त के छ भने, लुम्बिनी प्रदेश सभामा दाजु-भाइ, नन्द-भाउजू र सम्धी-सम्धिनीको पनि उपस्थिति छ।

राजनीतिक दलका नेताहरूले श्रीमती र आफन्तलाई समानुपातिक कोटाबाट सांसद बनाइरहँदा लुम्बिनी प्रदेशमा भने आफन्तीहरू आ-आफ्नै राजनीतिक करियरका कारण प्रदेश सभामा पुगेका हुन्।

एमालेबाट प्रत्यक्ष निर्वाचित भोजप्रसाद श्रेष्ठ र राजुप्रसाद श्रेष्ठ सहोदर दाजुभाइ हुन्।

दाजु भोजप्रसाद रुपन्देही क्षेत्र नं. २ (ख) बाट निर्वाचित हुँदा भाइ राजुप्रसाद पाल्पा क्षेत्र नं. १ (क) बाट निर्वाचित भएका थिए।

बुटवलका पूर्व मेयर समेत रहेका भोजप्रसाद श्रेष्ठ शङ्कर पोखरेल नेतृत्त्वको सरकारमा ९९ दिन स्वास्थ्यमन्त्री समेत बनेका थिए। इमान्दार नेताको छवि बनाएका भोजप्रसादले बुटवलको विकासका लागि गरेको कामको प्रशंसा हुने गरेको छ।

भोजप्रसाद रुपन्देहीमा सक्रिय राजनीति गरिरहँदा उनका भाइ भने पाल्पाबाटै राजनीति गरिरहे। परिणाम- चुनावमा टिकट पाए। पाल्पा क्षेत्र नं. १ (क) बाट निर्वाचित पनि भए।

एमाले लुम्बिनी प्रदेश सभाका पूर्व सचेतक समेत भएका भूमिश्वर ढकाल यसपटक रुपन्देहीको क्षेत्र नं. ५ (क) बाट निर्वाचित भए। रुपन्देहीबाट राजनीति गर्दै आएका ढकाल पार्टीमा नेतृत्त्व लिन सक्ने व्यक्तिका रूपमा चिनिन्छन्।

यस्तै समानुपातिकबाट प्रदेश सभा सदस्य बनेकी छिन्- बसन्ती न्यौपाने। भूमिश्वर र बसन्ती सम्धी-सम्धिनी हुन्।

पार्टीका विभिन्न कमिटीमा रहेर काम गरिसकेकी बसन्ती ३० वर्ष लामो राजनीतिक यात्रामा पहिलो पटक सांसद बनेकी हुन्। न्यौपानेलाई एमालेले बाँकेबाट समानुपातिक कोटामा प्रदेश सभा सदस्य बनाएको हो।

यता, समानुपातिक कोटाबाटै सांसद बनेका भगवती घिमिरे र जानकी न्यौपाने नातामा नन्द-भाउजू हुन्।

न्यौपाने नन्द हुन् भने घिमिरे भाउजू हुन्। उनीहरू दुई फरक दलबाट समानुपातिक सांसद बनेका हुन्। उनीहरू लामो समय एउटै संगठन र पार्टीमा काम गरी अनेमसङ्घको जिल्ला र केन्द्रीय नेतृत्त्वमा समेत पुगेका थिए।

तर न्यौपाने एमालेबाट प्रदेश सांसद बनिन् भने घिमिरे एकीकृत समाजवादीबाट सांसद बनिन्।

एमाले विभाजनपछि घिमिरेले माधव नेपाल नेतृत्त्वको एकीकृत समाजवादी रोजेकी थिइन्। एकीकृत समाजवादीमा केन्द्रीय सदस्य रहेकी घिमिरे प्रदेश सभामा पार्टीकी एक मात्र सांसद हुन्।

एकीकृत समाजवादीले लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फ तत्कालीन सत्ता गठबन्धनबाट एउटा पनि सिट पाएको थिएन।

यस्तै एमालेबाट सिफारिसमा परेकी न्यौपाने निवर्तमान प्रदेश सभा सदस्य डा. कृष्ण न्यौपानेकी श्रीमती हुन्।

१२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ जना सांसद छन्।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित