भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

देशको राजनीतिक प्रणाली, शासकीय स्वरुप र संरचनामा पुनर्विचार र विकल्पमा बहस हुन आवश्यक: कमल थापा

पूर्व उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले देशमा अवलम्बन भएको राजनीतिक प्रणाली, शासकीय स्वरुप र राष्ट्रिय संरचनाको विषयमा पूर्वविचार र विकल्पको बहस गर्नुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै थापाले २०६३ सालको जनआन्दोलन र त्यसपछि भएका हरेक गतिविधिले देशमा शान्ति एवं समृद्धिको अनुभव नभएकोले पुनर्विचार र विकल्पको बारेमा बहस गर्नुपर्ने बताएका हुन् ।
उनले राजतन्त्र फाल्नको लागि भएको आन्दोलन १८ वर्ष पुग्दा समेत जनताले अमनचयन शान्ति र समृद्धि नपाएको बताउँदै अहिले देशमा भइरहेको राजनीतिक प्रणाली, शासकीय स्वरुप र राष्ट्रिय संरचनाको विषयमा पुनर्विचार गर्नुपर्ने उनको भनाई छ ।
उनले निर्वाचन हुनुभन्दा पहिलाको गठबन्धनलाई जनताले म्यान्डेड दिएको भएपनि त्यो गठबन्धन चुनाव लगत्तै भत्किएर सत्ता स्वार्थमा नयाँ गठबन्धन बनेको बताउँदै देशमा फोहरी राजनीतिक खेल चलेको बताए । उनले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन पनि अस्वभाविक र अपवित्र भएको बताउँदै उनले नेकपा एमाले नेतृत्वको गठबन्धनमा दुई तर्फ बिचार फर्केका दलहरू भएकोले यो गठबन्धन पनि अस्वभाविक र अपवित्र नै रहेको ठोकुवा गरे ।
उनले भने, ‘अहिलेको गठबन्धनमा राजा फाल्ने, राजा ल्याउँछु भन्ने, संघीयता चाहिदैन भन्ने, संघीयता चाहिन्छ भन्ने र हिन्दु धर्म र धर्मनिरपेक्षताका एजेण्डा बोक्ने एकैठाउँमा बसेका छन् । यो गठबन्धन झन अपवित्र छ । ’ यसले मुलुकलाई दुर्घटना तर्फ धकलेको उनको जिकीर छ ।
अध्यक्ष थापाले देशको अर्थतन्त्र निकै कमजोर बन्दै गइरहेको, तरलता अभाव तथा महँगी दैनिक बढेपनि सरकार सत्ता टिकाउनमा व्यस्त रहेको बताउँदै उनले देश अहिले रेमिटेन्सको भरमा मात्रै चलेको बताए । उनले अहिलेका राजनीतिक दलहरूमा अराजनीतिक, मर्यादाहीन र फोहोरी प्रवृत्ति देखिएको बताउँदै अब देशको अवस्थाको अपूर्वानुमेय र अविश्वसनीय अवस्थामा पुगेको बताए । उनले राजनीतिक दलहरूको अस्थीरताको कारणले देशको एकता र संविधान नै धरापमा परेको उल्लेख गरे ।
पूर्व उपप्रधानमन्त्री थापाले अबको राष्ट्रपति हुने ब्यक्तिले राजनीतिक स्वार्थ अनुसारका कामहरू गर्न नहुने बताउँदै राष्ट्रपतिले स्वार्थ देखाएकोले दलहरूबीचमा खिचातानी बढेको बताए ।
देशमा बिदेशी चलखेल बढ्नुमा दलहरु स्वंम दोषि भएको बताउँदै अध्यक्ष थापाले मुलुकको स्वाभीमानमा सचेत रहन दलहरुलाइ सुभाब दिए।
राजतन्त्र पुर्नस्थापनाको विषयमा पत्रकारको जिज्ञासाबारे बोल्दै अध्यक्ष थापाले अहिले राजतन्त्र र राजनीतिक दलहरूका बिचमा आशंका र अविश्वासको खाडल रहेको बताए । उनले प्रजातन्त्र दिवसका दिनमा पूर्वराजाले दिएको सन्देशमा राजनीतिक दलहरूसंग समन्वय गर्ने भनेपनि यसको लागि निकै ढिलो भएको बताए । उनले राजाले दिएको अभिव्यक्ति दोहोरो प्रकृतिको देखिएको बताउँदै दलहरुसंगको सहकार्य सकारात्मक रहेको र मौन बस्दीन भन्ने कुराले द्धन्द्ध सिर्जना गर्नेतर्फ संकेत गरेको बताए ।
दुर्गा प्रसाईँ राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा हिँडेको प्रश्नमा बोल्दै थापाले हिन्दुराष्ट्रको पक्षमा आफुहरु पनि रहेको बताउँदै हिन्दुराष्ट्रको विषयमा आवाज उठाउने ब्यक्तिलाई नैतिक समर्थन गर्ने दाबी गरे । उनले यो पटकको निर्वाचनमा जनताले पार्टी बनाउन आग्रह गरेको बताउँदै ७७ वटै जिल्लामा संगठन बिस्तारको कामहरू भइरहेको बताए । कार्यक्रम रिपोटर्स क्लब लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षत्रीको अध्यक्षतामा भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित